नेपाल क्यान्सर सम्मेलन सम्पन्न
हेल्थ टिभी अनलाइन : नेपाल क्यान्सर सम्मेलन (एनसिसी-२०२६) काठमाडौंमा सम्पन्न भएको छ । नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरको आयोजनामा शुक्रबारदेखि सुरु भएको सम्मेलन शनिबारसम्म चलेको थियो ।
क्यान्सरको उपचार, निदान, अनुसन्धान तथा बिरामीको उपचारमा देखिएका विभिन्न खालका चुनौतीका विषय तथा उपचारमा आएका नयाँ प्रविधिकाबारेमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञबीच छलफल गर्दै नयाँ नयाँ सिकाईको आदनप्रदानका लागि सम्मेलन आयोजना गरिएको आयोजकको भनाई छ । सम्मेलनको उद्घाटन रास्वपाका सांसद डा लेखजंग थापाले गरेका थिए ।
सम्मेलनमा क्यान्सरको क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड