सयपत्री फूलबाट यसरी गर्नुस् स्वास्थ्य रक्षा

फूलैफूलको चाड तिहार। तिहारमा सर्वत्र हुने फूल हो सयपत्री। हिजोआज त हाइब्रिड प्रविधिबाट बाह्रै महिना यो फूल फुलाइन्छ। तिहारमा घरका झ्यालढोका सजाउन, देवी लक्ष्मीको पूजा गर्न र दिदीबहिनीले दाजुभाइका गलामा लगाइदिन सयपत्री फूलको महत्त्व छ।
स्वास्थ्यरक्षाका लागि पनि सयपत्री उपयोगी मानिन्छ। यी हुन् सयपत्री फूलबाट लिन सकिने फाइदाहरू–
–सयपत्री फूललाई सुकाएर चियाका रूपमा प्रयोग गर्दा पेटसम्बन्धी विभिन्न रोगजस्तै ग्यास्ट्रिक, अल्सर, पेटमा एसिड बढेको निको हुन्छ।
–सयपत्री फूललाई सुकाएर पिसेर लगाउनाले अनुहार सफा हुन्छ। अनुहारमा अाएका घाउ खटिरा पनि निको हुन्छ।
–आँखा र छालामा हुने विभिन्न समस्यामा सयपत्रीले औषधिको काम गर्छ।
–सुकेको सयपत्री फूललाई तातोपानीमा हालेर नियमित पिउनाले मुखको घाउ बिसेक हुन्छ।
–सयपत्रीलार्इ उमालेर पिउनाले रुघाखोकी र ज्वरो ठिक हुन्छ।
– स्तन क्यान्सर हुनेले नियमित रूपमा सयपत्री फूल प्रयोग गर्नाले बिस्तारै कम हुँदै जान्छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा