Health TV Online
Health TV Online
Health TV Online

डायलाइसिस सेवा सञ्चालन हुने

डायलाइसिस सेवा सञ्चालन हुने

बुटवल मिर्गौलाको नियमित डायलाइसिस गर्दै आएका बिरामीलाई लक्ष्य गरी गरी गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले पाल्पामा नै डायलाइसिस सेवा सञ्चालन गर्ने भएको छ।

हाल बन्द अवस्थामा रहेको तानसेन नगरपालिका ६ स्थित श्री प्राथमिक विद्यालय लहरेपिपलको भवनमा सो सेवा सञ्चालन गरिने अस्पतलाले जनाएको छ।

तानसेनमा डायलाइसिस सेवा सञ्चालन भएपछि पाल्पासँगै छिमेकी जिल्ला अर्घाखाँची, गुल्मी, स्याङ्जा र बागलुङबाटसमेत मिर्गौलाको नियमित डायलाइसिस गराउन बुटवल आउनुपर्ने बिरामीलाई राहत मिल्नेछ। डायलाइसिस सेवाको अभावमा हाल सो क्षेत्रका मिर्गौला बिरामी बुटवल, भैरहवा, चितवन तथा काठमाडौँमा पुगेर सेवा लिन बाध्य छन्।

हाल पाल्पा जिल्लाबाट गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा मात्र ४८ जना मिर्गौलाका बिरामीले नियमित डायलाइसिस सेवा लिन आउने गरेका छन्। त्योसँगै पाल्पाका लागि पायक पर्ने गुल्मी, अर्घाखाँची, स्याङ्जा र बागलुङबाट ६२ जना बिरामी नियमित डायलाइसिसका लागि आउने गरेको अस्पतालले जनाएको छ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार