व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
हेल्थ टिभी अनलाइन : काठमाडौंको धुम्बाराहीमा रहेको नेशनल कलेज, काठमाडौं युनिभर्सिटीले व्यवहारिक मनोविज्ञानका विविध विधाहरुमा केन्द्रित भएर अन्तराष्ट्रिय सम्मेलन गर्न लागेको छ ।
सम्मेलनका बारेमा जानकारी दिन आयोजना गरिएको प्रेस मिटमा बोल्दै कलेजका प्रिन्सिपल माधव प्रसाद न्यौपानेले मनोविज्ञान तथा मनोसामाजिक क्षेत्रमा धेरै नै काम गर्नपर्ने बेला आएको र त्यसकै लागि वृहत छलफल र अन्तरक्रिया आवश्यक ठानेर आफूहरुले यो तीन दिने अगस्ट ६ देखि ८ सम्म अन्तराष्ट्रिय सम्मेलन गर्न लागेको जनाए । उनले भने, ‘कोभिड १९ पछि मनोसामाजिक क्षेत्रमा छुट्टै खालको समस्याहरु आइरहेका छन् । किन समस्या छन् र कसरी समाधानतिर जानसकिन्छ भन्ने विषयमा व्यापक छलफल हुनेछ ।’
यसैगरी सम्मेलनका फोकल पर्सन मनोविद डा नरेन्द्र सिंह ठगुन्नाले सम्मेलनमा २२ देशका मनोविज्ञान क्षेत्रमा काम गर्ने २४५ जना ख्यातिप्राप्त विज्ञहरु सहभागी हुने र १६४ वटा पेपर प्रस्तुत हुने जानकारी दिए ।
कार्यक्रममा कलेजका भाइस प्रिन्सिपल तथा अर्गनाइजिङ कमिटिका सदस्य छत्र कार्कीले यस सम्मेलनबाट आएका उत्कृष्ट पेपर तथा अनुसन्धानलाई अन्तराष्ट्रिय जर्नलमा प्रकाशित गरिने बताए । सम्मेलनमा मानसिक स्वास्थ्य, मनोविज्ञान, मनोसामाजिक पक्ष, एन्जाइटी, निरासापन लगायतका विषयमा काम गर्ने २४५ जनाभन्दा बढी सहभागी हुने तथा युवा र यस विषय अध्ययनरत विद्यार्थीहरु पनि सहभागी हुने बताइएको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य