किष्ट अस्पतालमा सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषको स्वास्थ्य सुविधा
हेल्थ टिभी अनलाइन : स्वास्थ्य उपचारलाई सबैका लागि पहुँचयोग्य बनाउने उद्देश्यका साथ किष्ट शिक्षण अस्पतालले सामाजिक सुरक्षा कोष तथा कर्मचारी सञ्चय कोष अन्तर्गत आबद्ध सेवाग्राहीहरूका लागि सहज, गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।
अबदेखि सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषका सदस्य हरुले किष्ट अस्पतालमा आफ्नो स्वास्थ्य उपचारमा उपलब्ध सुविधाको पूर्ण लाभ लिन सक्नेछन् ।
सामाजिक सुरक्षा कोष अन्तर्गत उपचार गराउँदा उपचार खर्चको ८० प्रतिशत सम्म कोषले व्यहोर्छ र सेवाग्राहीले केवल २० प्रतिशत मात्र भुक्तानी गर्नुपर्छ। त्यस्तै, PF Health Plan अन्तर्गत अस्पताल भर्ना भई गरिएको उपचारमा नियमअनुसार सामान्य रोगका लागि वार्षिक रु १ लाखसम्म तथा घातक रोगका लागि सेवा अवधिभर रु १० लाखसम्म प्रतिपूर्तिको सुविधा उपलब्ध छ।
यस सुविधाको उपयोग गर्ने प्रक्रिया पनि अत्यन्त सरल छ। अस्पतालमा प्रवेश गरेपछि अस्पतालले निर्धारण गरेको SSF/PF Help Desk मा आफ्नो क्क्ँ कार्ड वा एँ सदस्य नम्बर दर्ता गरेपछि सम्बन्धित प्रक्रिया पूरा गरी बिना झन्झट उपचार सेवा लिन सकिन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण