Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?

नियमित रूपमा संवाद गर्ने प्रतिवद्धता

स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आइतबार बिदाको दिन एकाएक स्वास्थ्य बिटमा काम गर्ने पत्रकारहरुसँग छलफल गरेकी छिन् । केही दिन यता स्वास्थ्यमन्त्रीको कामप्रति प्रधानमन्त्री कार्यालय सन्तुष्ट नभएको भन्ने खबरहरु आइरहेका बेला स्वास्थ्यमन्त्री मेहताले एकाएक पत्रकारसँग आफूले गरेका कामलाई लिएर सुझाव माग्नुलाई यो संयोग मात्र हुन नसक्ने आँकलन गरिएको छ । मन्त्री मेहताले सबैको सल्लाह सुझाव सुनेपछि आफू र आफनो टिमले सबै कुरा टिपेको र सबै सल्लाह सुझावमा गम्भीर हुने बताइन् ।

उनले आफू प्रधानमन्त्रीको निर्देशन अनुसार १०० बुँदे शासकीय सुधारका कार्यक्रममा व्यस्त भएकाले पत्रकारसँग नियमित संवादमा बस्न नसकेको भन्दै अबदेखि भने नियमित छलफल गरिने प्रतिवद्धता समेत जनाइन् ।

कार्यक्रममा तपाइँ मन्त्रालयबाट बिदा हुन लाग्नु भएको त हैन भन्ने पत्रकारको प्रश्नको जवाफ दिंदै मन्त्री मेहताले आफूले पनि मिडियामा आएका समाचार सुनेको तर आधिकारिक रुपमा आफूसमक्ष त्यस्तो कुनै सूचना नआएको जनाइन । उनले प्रतिप्रश्नगर्दै भनिन, ‘तपाइँहरुलाई बढी थाहा होला यसबारे ।’

कार्यक्रममा मन्त्री मेहताले पत्रकारले उठाएका कुनै पनि प्रश्नको उत्तर दिइनन् र भनिन, ‘हामी छिटै भेटेर यी विषयमा विस्तृत छलफल गर्छौ आज सुन्न मात्र आएका हौं, यहाँहरूकाे सल्लाह, सुझावका लागि धन्यवाद ।’

कार्यक्रममा मन्त्रालयका सचिव डा विकास देवकोटाले सरकारले स्वास्थ्यमा दीर्घकालिन सुधारका लागि काम गरिरहेको भन्दै केही नीतिगत परिवर्तनहरु छिटै देखिने पनि जिकीर गरे । यसैगरी मन्त्रालयकी प्रवक्ता यशोदा अर्यालले पत्रकारलाई सूचनामा सहज पहुँचका लागि भोलिदेखि नै व्यवस्था हुनेमा विश्वस्त हुन आग्रह गरिन ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार