एनएमए निर्वाचन : अध्यक्षमा डा बद्री रिजाल विजयी
हेल्थ टिभी अनलाइन : नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा डा बद्री रिजाल अध्यक्ष पदमा निर्वाचित भएका छन् । डा रिजालले आफ्ना निकटतम प्रतिस्पर्धी डा मंगल रावललाई पराजित गर्दै जित हासिल गरेका हुन् । यसैगरी बरिष्ठ उपाध्यक्षमा डा सञ्जीव तिवारी विजयी भएका छन् भने महासचिवमा डा विश्वराज दवाडी विजयी भएका छन् ।
उपाध्यक्ष एवं प्रदेश संयोजक तर्फ कोशीबाट डा रोशन खड्का, मधेशबाट डा अमितरञ्जन मिश्र, बागमतीबाट डा सुवाश भट्टराई विजयी भएका छन् । यस्तै गण्डकीबाट डा यज्ञराज सिग्देल, लुम्बिनीबाट डा नन्दाकुमारी गुरुङ, कर्णालीबाट डा रविन खड्का र सुदूरपश्चिमबाट डा प्रमोद जोशी विजयी भएका छन् ।
कोषाध्यक्ष तर्फ डा संयुक्त आचार्य, सह सचिव तर्फ डा हुलास अग्रवाल र सह कोषाध्यक्षमा डा तेजसुसिंह मल्ल विजयी भएका छन् ।
सदस्यहरुमा डा अमित झा, डा राकेश शाह, डा पल्पसा श्रेष्ठ, डा विना श्रेष्ठ, डा सुस्मित काफ्ले र डा शेषराज आचार्य विजयी भएका छन् ।नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य