मोटोपन सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा
हेल्थ टिभी अनलाइन : मोटोपन सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । साउथ एशियन ओबिसिटी फोरम (South Asian Obesity Forum) द्धारा आयोजित सम्मेलनमा अन्तराष्ट्रिय विज्ञहरु एक सय जना र तीन सय जना नेपालका विज्ञहरुसहित गरी ४ सय जनाको सहभागिता रहने बताइएको छ ।
फोरमकी अध्यक्ष तथा इन्डोक्राइनोलोजिष्ट डा डिना श्रेष्ठले नेपाल लगायत साउथ एशियामा मोटोपन ठूलो स्वास्थ्य समस्याका रुपमा आएको र यसलाई कम गर्न संयुक्त रुपमा के कस्ता कार्यक्रम गर्न सकिन्छ भनेर सम्मेलनको आयोजना गरिएको जानकारी दिइन । शुक्रबार प्रि-कन्फ्रेन्स गर्दै डा डिना लगायत भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशका विज्ञहरुले मोटोपन कम गर्न सबैले एकवद्ध भएर काम गर्ने बेला आइसकेको धारणा व्यक्त गरे । उनीहरुले मोटोपनकै कारण मधुमेह, मुटुरोग, मिर्गौला रोग तथा श्वासप्रश्वासमा समेत समस्या बढेको भन्दै मोटोपनलाई व्यवास्ता गर्न नहुनेमा जोड दिए ।
उनीहरुले मोटोपन पनि दुई प्रकारको हुने बताए । पहिलो बाहिरबाटै देखिने र अर्को बाहिर हेर्दा दुब्लो पातलो भए पनि भित्री अंगमा हुने मोटोपन । दोस्रो मोटोपन अझ हानिकारण हुने समेत उनीहरुको भनाई थियो । दुब्लो भए पनि भित्री मोटोपनले सताउन सक्ने हुँदा जाँच गर्न आवश्यक रहेको समेत उनीहरुको भनाई थियो ।
कार्यक्रममा आयोजक संस्थाका तर्फबाट वरिष्ठ इन्डोक्राइनोलोजिष्ट तथा लाइफस्टाइल कोच समेत रहेका डा सन्तोष शाक्यले मोटोपनलाई कम गर्न सबैले आ आफनो तर्फबाट प्रयास गर्नपर्ने र त्यसका लागि पहिलो मन्त्रका रुपमा आहार, विहार र विचारमा ध्यान दिनपर्ने बताए ।
सम्मेलनमा मोटोपनले निम्त्याएका समस्या, यसको उपचारमा प्रयोग हुने औषधि लगायत विविध पक्षमा व्यापक छलफल हुने डा शाक्यले जानकारी दिए ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य