त्रिवि शिक्षण अस्पतालमा पनि शनिबार र आइतबार बिदा
हेल्थ टिभी अनलाइन : त्रिभुवन विश्वविद्याल शिक्षण अस्पताल महाराजगंजले पनि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने भएको छ । साताको दुई दिन शनिबार र आइतबार बिदा दिने सरकारको निर्णयसँगै त्रिवि शिक्षण अस्पतालले पनि दुई दिन नै बिदा दिने सूचना प्रकाशित गरेको हो ।
बुधबार एक सूचना जारी गर्दै अस्पताल प्रशासनले सरकारको निर्णय अनुसार त्रिवि कार्यकारी परिषद्को बैठकले २ दिन नै बिदा दिने निर्णय गरेको जनाएको छ । यसैगरी कार्यालय समय बिहान ९ देखि ५ बजेसम्म भएको पनि जानकारी गराएको छ । अस्पतालले दुई दिन बिदा हुँदा उपचार गराउन आउने बिरामीलाई असुविधा हुनसक्ने भन्दै शुक्रबार ओपीडी तथा शल्यक्रिया पूरा दिन र अन्य दिनमा व्यवस्थापन गरिने पनि जनाएको छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड