नि:शुल्क अक्सिजनको माग गर्दै ‘अक्सिजन लेडी’ अर्याल
हेल्थ टिभी अनलाइन : ‘अक्सिजन विलासिता होइन, जीवन बचाउने आधारभूत अधिकार हो’ भन्ने सन्देश बोकेर अभियानमा सक्रिय सामाजिक अभियन्ता कमला अर्यालले फेरि एकपटक यो आवाज दरो बनाउन थालेकी छिन् ।
‘अक्सिजन लेडी’ को रुपमा चिनिने अर्याल आफै श्वासप्रश्वासको बिरामी भएर अस्पताल भर्ना हुँदा पनि उनले यो अभियानलाई भने छोडेकी छैनन् । उनले विगत १५ वर्षदेखि श्वासपश्वासका बिरामीलाई सरकारले नि:शुल्क अक्सिजन उपलब्ध गराएर उनीहरुको जीवन रक्षा गर्नुपर्ने माग राख्दै आएकी छिन् ।
तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाको कार्यकालमै उनले कृतिम अक्सिजनमा निर्भर नागरिकका लागि राज्यले अनिवार्य रूपमा निःशुल्क अक्सिजन उपलब्ध गराउनुपर्ने प्रस्ताव स्वास्थ्य मन्त्रालयसमक्ष पेश गरेकी थिइन्। तर, उक्त मागमा हालसम्म कुनै ठोस र सकारात्मक कदम चालिएको छैन। अहिले उनले अस्पतालको बेडबाटै नयाँ बनेको सरकार र विशेष गरी स्वास्थ्यमन्त्रीलाई आफनो यो माग पूरा गर्न आग्रह गरेकी हुन्।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड