मिर्गौला दिवसको अवसरमा मेडिसिटी अस्पतालमा निःशुल्क ओपीडी
हेल्थ टिभी अनलाइन : विश्व मिर्गौला दिवसको अवसरमा नेपाल मेडिसिटीले मिर्गौला स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विशेष स्वास्थ्य सेवा कार्यक्रम सञ्चालनमा ल्याएको छ । यस कार्यक्रम अन्तर्गत मार्च १२ गतेका दिन नेफ्रोलोजी सेवामा निःशुल्क ओपीडी सेवा प्रदान गरिनेछ भने इमेजिङ तथा विभिन्न ल्याब परीक्षणहरूमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराइनेछ ।
मिर्गौला सम्बन्धी रोगहरूको समयमै पहिचान र उचित उपचारलाई प्रोत्साहन गर्ने उद्देश्यले यो विशेष सुविधा उपलब्ध गराइएको अस्पतालले जनाएको छ । मिर्गौला सम्बन्धी समस्या, जोखिम वा नियमित स्वास्थ्य जाँच गर्न चाहने सेवाग्राहीहरूले यस अवसरमा विशेषज्ञ चिकित्सकको परामर्श लिनुका साथै आवश्यक परीक्षणहरूमा छुट प्राप्त गर्न सक्नेछन् ।
पछिल्लो समय मधुमेह, उच्च रक्तचाप तथा जीवनशैलीसँग सम्बन्धित कारणले मिर्गौला रोगका बिरामीहरूको संख्या बढ्दो अवस्थामा रहेकोले नियमित परीक्षण र सचेतना अत्यन्त आवश्यक रहेको विज्ञ चिकित्सकहरू बताउँछन् ।
नेपाल मेडिसिटीले आगामी दिनमा पनि यस्ता स्वास्थ्य सचेतनामूलक कार्यक्रममार्फत समुदायमा गुणस्तरीय स्वास्थ्य सेवा तथा जनस्वास्थ्य प्रवद्र्धनमा निरन्तर योगदान पुर्याउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड