अत्यावश्यक औषधिमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड
हेल्थ टिभी अनलाइन : नेपाललाई अत्यावश्यक औषधिमा आत्मनिर्भर बनाउनपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको ‘नेपाल फर्मा एक्सपो र औषधिमा आत्मनिर्भरता बिषयमा नीतिगत सवाल’ सम्बन्धि अन्तरक्रिया कार्यक्रममा ललितपुर क्षेत्र नं ३ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा तोसिमा कार्की अत्यावश्यक औषधिमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिइन ।
उनले औषधि महङ्गो भएको कारणले बर्षेनी पाँच लाख भन्दा बढी नागरिक गरिवीको रेखामुनी पर्ने गरेको भन्दै प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरिय औषधि पाउनुपर्नेमा जोड दिइन । उनले अव बन्ने सरकारको प्रमुख प्राथमिकता नागरिकको औषधि उपचार रहेको समेत जिकीर गरिन । उनले औषधि ऐन संशोधन गरेर नेपाली औषधि उद्योगलाई प्रोत्साहन गर्नुपर्नेमा समेत जोड दिइन । .गुणस्तरीय ओैषधि नागरिकको पहुँचमा पुगेको छ कि छैन भनेर पनि हेर्नुपर्ने भन्दै नागरिकको सेवालाई सहज बनाउन काम नगर्ने समितिहरू अब खारेज गरिने समेत बताइन् ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति योजना महाशाखा प्रमुख डा चुमनलाल दासले औषधि ऐन २०३५ लाई संशोधन गरेर नेपाली औषधि उद्योगमैत्री बनाउनुपर्नेमा जोड दिए । उनले स्वास्थ्य बीमा बोर्डबाट प्रदान गरिने सवै औषधि नेपाली औषधि उद्योगबाट उत्पादन भएका लिनुपर्ने व्यवस्था गर्नुपर्ने बताए । उनले सकेसम्म आफनै देशमा बनेको औषधि बीमा बोर्डबाट वितरण गरिने व्यवस्था गर्नुपर्ने समेत जिकीर गरे ।
राष्ट्रिय ओैषधि प्रयोगशालाका निर्देशक भरतप्रसाद भट्टराईले ओैषधि परामर्श समितिका कारण धेरै समस्या रहेको भन्दै ओैषधिको गुणस्तर प्रत्याभूति गर्न विश्व स्वास्थ्य सङ्गठनले लागू गरेको मापदण्डलाई पूरा गर्नुपर्नेमा जोड दिए । उनले दिगो विकास लक्ष्यमा उल्लेख गरेअनुसार ओैषधि सम्बन्धि नीतिगत व्यवस्था परिवर्तन गरिनुपर्ने बताउँदै अन्तर्राष्ट्रिय मापदण्डलाई पालना गरेर गुणस्तरीयतामा ध्यान दिनुपर्नेमा जोड दिए ।
नेपाल फार्मेसी परिषदका अध्यक्ष प्रज्वल जंग पाण्डेले नेपालले नीतिगत सुधार गरेर ओैषधि उद्योगलाई गुणस्तरीय उत्पादनमा प्रेरित गर्नुपर्नेमा जोड दिंदै प्राविधिक सीप र वैदेशिक मुद्रामा कारोबार गर्न सहज बनाइदिने हो भने धेरै उपलब्धि हासिल गर्न सकिने बताए ।
नेपाल मेडिकल काउन्सिलका सदस्य डा दिपेन्द्र पाण्डेले जेनेरिक ओैषधि उत्पादनका लागि नेपाल सरकारले उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै उत्पादनको प्रक्रिया र गुणस्तर परिक्षण गरेर जान सक्दा राम्रो हुने बताए ।उनले देशको अवस्था सुधार हुँदैगर्दा कच्चापदार्थमा कर छुट दिएर नेपाली ओैषधि उत्पादक कम्पनीलाई सहुलियत दिनुपर्नेमा जोड दिए ।
नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले २०३५ सालमा बनेको ओैषधि ऐन नेपालका ओैषधि व्यवसायीको हितमा नभएको भन्दै आयातमुखी ओैषधि ऐनलाई सुधार गर्नुपर्नेमा जोड दिए । उनले औषधि ऐन नेपाली औषधिको पक्षमा बन्ने हो भने पाँच बर्षमा मुलुकलाई औषधिमा ८० प्रतिशत आत्मनिर्भर बनाउन सकिने धारणा राखे । उनले बंगलादेश र भारत ओैषधि उत्पादन गर्ने विश्वका ९८ प्रतिशत भन्दा बढि ओैषधि उत्पादन गर्ने देश भएको बताउँदै नेपाली उद्योगलाई पनि भारत र बंगालादेशका तुलनामा कम मुल्यमा ओैषधि उत्पादन गर्न सरकारले वातावरण बनाइदिनुपर्नेमा जोड दिए ।
स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष भिषा काफ्लेले ओैषधिको गुणस्तरमा ध्यान दिन, स्वास्थ्य क्षेत्रका नीतिगत समस्या समाधानका लागि सर्वपक्षीय छलफलका लागि यो कार्यक्रम आयोजना गरिएको जानकारी गराएका थिए ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य