डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमाथि दुर्व्यवहार, आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय
हेल्थ टिभी अनलाइन : डेल्धुरा अस्पतालका विकास समिति अध्यक्ष करुणाकर ओझामाथि बुधबार दिउँसो दुर्व्यवहार भएको घटनाप्रति अस्पताल प्रशासनले गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कानूनी कारबाहीको माग गरेको छ।
अस्पतालले जारी गरेको विज्ञप्तिका अन्ुसार पुस २३ गते दिउँसो अस्पतालका अध्यक्ष ओझालाई उनकै कार्यकक्षमा पसी नेकपा बहुमतको नाम लिएका केही व्यक्तिहरूले दुर्व्यवहार गरेका थिए। अस्पताल जस्तो अति संवेदनशिल संस्थामा यस्तो निन्दनीय कार्य हुनु लज्जास्पद भएको भन्दै उक्त समूहलाई कारवाहीको माग गर्दै अस्पतालले विज्ञप्ति निकालेको हो ।
अस्पताल विकास समितिले उक्त घटनाको यथाशीघ्र छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। साथै भविष्यमा यस्ता अराजक गतिविधि दोहोरिन नदिनका लागि पनि संघ, प्रदेश र स्थानीय सरकार, प्रशासन, सुरक्षा निकाय तथा नागरिक समाजलाई समेत जिम्मेवार भूमिका निर्वाह गर्न विज्ञप्तिमा अपिल गरिएको छ।
घटनापछि कर्मचारीको मनोबल कमजोर बनेको जनाउँदै अस्पतालले पुस २४ गतेदेखि आकस्मिक सेवा बाहेक अन्य सबै सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य