राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा रुना झा
हेल्थ टिभी अनलाइन : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा रुना झा नियुक्त भएकी छिन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्माले मन्त्रीस्तरीय निर्णय गर्दै डा झालाई जनस्वास्थ्य प्रयोगशालाको निर्देशकको जिम्मेवारी दिएकी हुन्।
यसअघि डा झा कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट थिइन् । उता कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी भने डा राम नारायण चौधरीलाई दिइएको छ । डा झा यसअघि पनि प्रयोगशालाको निर्देशक भएर काम गरिसकेकी थिइन। यसअघिका निर्देशक डा रन्जनराज भट्टलाई दरवन्दीमै रहेर काम गर्ने गरी प्रयोगशालामा नै राखिएको मन्त्रालयले जनाएको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य