पाल्पामा नेपाल क्यान्सर अस्पतालको ‘सीएमई’ कार्यक्रम सम्पन्न
हेल्थ टिभी अनलाइन : पाल्पामा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरद्वारा क्यान्सर उपचारको बहु विषयक मोडेल सम्बन्धी सीएमई कार्यक्रम सम्पन्न भएको छ ।
पुष १२ गते शनिबार पाल्पामा क्यान्सर उपचारको बहु विषयक मोडलका बारेमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । कार्यक्रममा पाल्पाका चिकित्सकहरूबीच महत्वपूर्ण ज्ञान साझेदारी र अन्तरक्रियात्मक छलफल सत्र सम्पन्न गरिएको थियो।
कार्यक्रममा लुम्बिनी मेडिकल कलेजका सह–प्राध्यापक तथा प्रिन्सिपल डा राजु प्रसाद शाक्य, साथै नेपाल चिकित्सक संघ अध्यक्ष प्राडा निल राज शर्मा विशेष अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रमलाई अस्पतालका अध्यक्ष तथा वरिष्ठ कन्सल्टेन्ट मेडिकल अंकोलोजिस्ट डा सुदीप श्रेष्ठ र मेडिकल निर्देशक तथा वरिष्ठ कन्सल्टेन्ट मेडिकल अंकोलोजिस्ट डा बिजेश राज घिमिरेले नेतृत्व गर्दै वैज्ञानिक सत्र सञ्चालन गरेका थिए । उनीहरुले आधुनिक क्यान्सर उपचारमा बहु–अनुशासनिक टोलीको भूमिका, व्यक्तिगत तथा समग्र उपचार दृष्टिकोण र प्रभावकारी व्यवस्थापन प्रणालीबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए ।
सीएमई कार्यक्रममा ८० भन्दा बढी चिकित्सकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य