तराईमा हुस्सु र कुहिरो
हेल्थ टिभी अनलाइन : आज तराई क्षेत्रका धेरै जिल्लाहरुमा हुस्सु र कुहिरो लागेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै देशभर आंशिक बदली रहेको जनाएको छ । सो अनुसार कोशी र मधेश प्रदेशमा दिउँसो सामान्य सुधार हुने जनाएको छ भने अन्य जिल्लाहरुमा भने हुस्सु नै देखाएको छ ।
पुस लागेपछि तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिरोको प्रभाज देखिनथाल्छ । अन्यन्त चिसो हावा र हुस्सुका कारण विशेष गरी पुस र माघ महिना तराईमा जनजीवन प्रभावित हुने गरेको पाइन्छ । महाशाखाका अनुसार आकाशमा बादल देखा परे पनि तत्काल वर्षाको सम्भावना भने नरहेको जनाएको छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड