नेपाल चिकित्सक संघ निर्वाचनमा तीन प्यानल
हेल्थ टिभी अनलाइन : नेपाल चिकित्सक संघको नयाँ केन्द्रीय कार्यसमितिका लागि तीन प्यानलले उम्मेदवारी दिएका छन्। आगामी माघ महिनामा हुने निर्वाचनका लागि डा बद्री रिजाल, डा मंगल रावल र डा नारायण भुषाल नेतृत्वमा उम्मेदवारी दर्ता गरिएको हो।
डा रिजालको तर्फबाट वरिष्ठ उपाध्यक्षमा डा सञ्जीव तिवारी, महासचिवमा डा विश्वराज दुवाडी रहेका छन् । यसैगरी कोषाध्यक्षमा डा संयुक्त आचार्य, सहसचिवमा डा हुलास अग्रवाल र सह–कोषाध्यक्षमा डा तेजसु सिंह मल्ल रहेका छन्।
यसैगरी उता डा रावल नेतृत्वको टिमका उम्मेदवारहरूमा वरिष्ठ उपाध्यक्षमा डा किर्तीपाल सुवेदी र महासचिवमा डा कालुसिंह खत्री रहेका छन्। कोषाध्यक्षमा डा चाँदनी जयसवाल, सहसचिवमा डा रामजीवन प्रसाद र सह–कोषाध्यक्षमा डा सुवास गुरुङ रहेका छन्।
यसैगरी डा नारायण भुषालको टिममा वरिष्ठ उपाध्यक्षमा डा अजयकुमार मिश्र, महासचिवमा डा अमित भुषाल र सहसचिवमा डा सन्तोष अधिकारी रहेका छन् ।
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य