नेपाल क्यान्सर अस्पतालको हेटौंडा र बर्दिवासमा सीएमई कार्यक्रम
हेल्थ टिभी अनलाइन : ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले दुई छुट्टाछुट्टै स्थानमा सीएमई कार्यक्रम सम्पन्न गरेको छ । हेटौंडामा नेपाल चिकित्सक संघ हेटौंडाको सहयोगमा बहु विषयक क्यान्सर उपचार मोडेलबारे अन्तरक्रिया भयो भने बर्दिवासमा पनि सोही विषयमा स्थानीय चिकित्सक तथा स्वास्थ्यकर्मीवीच अन्तरक्रिया भएको हो ।
हेटौंडामा भएको कार्यक्रममा नेपाल क्यान्सर अस्पतालका अध्यक्ष तथा वरिष्ठ मेडिकल अंकोलोजिष्ट डा सुदिप श्रेष्ठले आफूहरुले क्यान्सर बिरामीका लागि अपनाएको उच्च प्रविधि र उपचार पद्धतिकाबारेमा प्रस्तुतीकरण दिएका थिए । कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित ८० जना भन्दा बढी चिकित्सकहरुको सहभागिता रहेको थियो । यसैगरी बर्दिवासमा भएको कार्यक्रममा नेपाल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर तथा मेडिकल अंकोलोजिष्ट डा विजेश राज घिमिरेले प्रस्तुतीकरण दिएका थिए ।
दुबै स्थानमा सम्पन्न भएको कार्यक्रममा अस्पतालकी मार्केटिङ म्यानेजर स्मिता बमले सहजीकरण गरकी थिइन ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड