काठमाडौंका मेयर शाहलाई पितृशोक
हेल्थ टिभी अनलाइन : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ । उनका बुवा डा रामनारायण शाहको आज बानेश्वरको सिभिल अस्पतालमा निधन भएको हो ।
आइतबार बिहान अचेत अवस्थामा अस्पताल पुराइएका उनको आज उपचारकै क्रममा निधन भएको अस्पतालले जनाएको छ । मधुमेहका बिरामी उनी एक सातादेखि थला परेका थिए । उनलाई पिसाब संक्रमण भएको र उक्त संक्रमण शरीरभरि फैलिएको चिकित्सकले जनाएका छन् ।
शाह आयुर्वेदका चिकित्सक थिए ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड