किष्ट मेडिकल कलेजमा भएको तोडफोड र कुटपिटप्रति चिकित्सक संघको आपत्ति
हेल्थ टिभी अनलाइन : नेपाल चिकित्सक संघले किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट तथा अस्पताल तोडफोडको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
८ कात्तिकका दिन खोटाङको हलेसी तुवाचुङ नगरपालिका -९ की ३४ वर्षीया मिनाश्री राईको सुत्केरी गराउने क्रममा मृत्यु भएपछि परिवार तथा आफन्तहरुको समूहले सोमबार अस्पताल तोडफोड र त्यहाँ कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट प्रयास गरेका थिए ।
चिकित्सक संघका महासचिव डा सञ्जीव तिवारीले सोमबार विज्ञप्ती जारी गर्दै उपचारको क्रममा लापरवाही भएको शंका लागेमा कानूनी प्रक्रियामा जान सकिने प्रावधान हुँदा हुँदै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि कुटपिट तथा अमानवीय व्यवहार गर्नुका साथै स्वास्थ्य संस्था नै तोडफोड गर्ने जस्ता अपराधिक कार्यले चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबलमा आँच आई स्वास्थ्य सेवा प्रवाहमा नै असर पुग्ने उल्लेख गरेका छन् ।
संघले सोमबारको घटनालाई अस्पताल जस्तो संवेदनशील क्षेत्रमा भएको अपराधिक कार्यको संज्ञा दिदै सुरक्षित र भयरहित बातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन र दोषीलाई कारवाही गर्न समेत माग गरेको छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड