मिनी पीसीएनएल सम्बन्धी पहिलो अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न
हेल्थ टिभी अनलाइन : नेपालमा पहिलोपटक ४० देशका आ-आफनो देशमा स्थापित वरिष्ठ युरोलोजिष्टहरु एकैपटक भेला पारेर सम्मेलन सम्पन्न भएको छ ।
खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजी (आरुस लाइफस्टाइल अस्पताल) को मुख्य आयोजनामा काठमाडौंमा सम्पन्न भएको मिर्गौलाको पत्थरी निकाल्ने अत्याधुनिक प्रविधि मिनी पीसीएनएल सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन ४० देशका विज्ञहरु आएका थिए । यही अक्टोबर ११ र १२ तारिखमा काठमाडौंंको याक एण्ड यति होटलमा सम्मेलन भएको हो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथी नेपालकै वरिष्ठ युरालोजिस्ट प्राडा जगदीशलाल वैद्यले गरेका थिए ।
मुख्य आयोजक खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीका मेडिकल डाइरेक्टर तथा वरिष्ठ युरोलोजिष्ट डा संजय खड्गीले यस खालको मिनी पीसीएनएल प्रविधि सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन नेपालमा पहिलोपटक भव्यताकासाथ सम्पन्न भएको बताए । उनले भने, ‘यो सम्मेलनले हामी नेपाल पनि मिनी पीसीएनएल प्रविधिमा विश्वमै उत्कृट स्थानमा छ भन्ने जानकारी दिएको छ ।’
डा खड्गीले सम्मेलनमा १४ वटा मिर्गौला पत्थरीको अस्पतालको ओटी कक्षबाट लाइभ सर्जरी भएको र सो कुरा हलमा बस्ने सबैले प्रत्यक्ष रुपमा हेर्न र अवलोकन समेत गरेको जानकारी दिए । सम्मेलनमा अमेरिका, यूके, कुवेत, कतार, जर्मनी, बंगलादेश, भारत, श्रीलंका, यमन, दुबई लगायतका ४० देशका २ सय बढी विज्ञहरुको सहभागिता रहेको थियो भने मिर्गौला पत्थरी, प्रविधि लगायतका विविध २० वटा विषयमा प्रस्तुतीकरण रहेको थियो । सम्मेलनमा नेपालभरीबाट युरोलोजिष्टहरु सहभागी हुन काठमाडौं आएका थिए ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य