जेनजी आन्दोलनका शहीदका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति दिईने
हेल्थ टिभी अनलाइन : सरकारले जेनजी आन्दोलनमा शहिद भएका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । सोबार बसेको मन्त्रीपरिषद वैठकले सो निर्णय गरेको हो ।
यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । मन्त्रीपरिषद वैठकले थप ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
बैठक पछि निर्णय सुनाउने क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले क्षतिपूर्ति रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई उपलव्ध गराउने र सम्वन्धित जिल्ला प्रशासन कार्यालय मार्फत मृतकको परिवारसमक्ष पुरयाउने निर्णय भएको बताए । यस्तै घाईतेहरुको उपचार निशुल्क गर्ने समेत निर्णय गरेको छ ।
यसैगरी बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुको सम्झनामा १ असोजका दिन शोक मनाउने निर्णय गरेको छ । सो दिन सरकारले आधा झण्डा झुकाउने र सार्वजनिक विदा दिने निर्णय भएको बताए ।
यसैगरी जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेनजी स्मारक पार्क बनाउने निर्णय भएको समेत उनले बताए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण