राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण
हेल्थ टिभी अनलाइन : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै व्यक्तिमा तेस्रो पटकको मिर्गौला प्रत्यारोपण पनि सफल भएको छ । गत भाद्र ९ गते सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री तथा सांसद लक्ष्मण किशोर चौधरीको तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण सम्पन्न गरिएको हो ।
मिर्गौला प्रत्यारोपण एकपटक सफल भएपछि लामो समयसम्म प्रत्यारोपित मिर्गौलाले काम गर्ने गर्दछ तर विभिन्न कारणहरू जस्तै इम्युनोलोजिकल अस्वीकार, संक्रमण, क्रोनिक अलोग्राफ्ट नेफ्रोप्याथी लगायतका समस्याले पहिले प्रत्यारोपण गरिएको मिर्गौला असफल हुन सक्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण गरिन्छ । तर तेस्रो पटक प्रत्यारोपण गर्नुपर्ने अवस्था भने अत्यन्तै दुर्लभ हुने, प्राविधिक जटिलता, औषधीय चुनौती तथा दाता पाउन समेत कठिनाइ हुने र जोखिम झनै बढी हुने हुँदा तेस्रो प्रत्यारोपण संसारमै सीमित मात्रामा हुने गरेको छ । बेलायतमा भने डा पुकारचन्द्र श्रेष्ठले यस्तो जोखिमपूर्ण प्रत्यारोपण गरेको अनुभव भएको हुँदा नेपालमा पनि सम्भव भएको जानकारी गराए ।
चौधरीको पहिलो मिर्गौला प्रत्यारोपण भारतमा, वि सं २०७२ मा दोस्रो र हालको तेस्रो प्रत्यारोपण यसै केन्द्रमा डा पुकारचन्द्र श्रेष्ठकै नेतृत्वमा भएकोे हो । चौधरीको तेस्रो प्रत्यारोपण ‘पेयर एक्सचेन्ज’ प्रणाली अन्तर्गत गैर नातेदारबीच अंग साटासाट गरी गरिएको अस्पतालले जनाएको छ ।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै