प्रदूषित वातावरणले समय नपुगी जन्मिन्छन् शिशु, मृत्युदर पनि भयावह
विश्वभर प्रत्येक दिन १५ वर्ष मुनिका ९३ प्रतिशत अर्रथात् एक अर्ब ८० करोड बालबालिका प्रदूषित हावामा सास फेर्छन्। यस्तो हावामा सास फेर्दा स्वास्थ्य र शारीरिक विकासमा नकारात्मक असर पर्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार २०१६ मा ६ लाख बालबालिकाहरूको मृत्यु ‘एक्युट लोअर रेस्पिरेटरी इन्फेक्सन’ले गर्दा भएको छ जसकाे मुख्य कारण वायु प्रदूषण थियो।
विश्व स्वास्थ्य संगठनले तयार पारेको नयाँ रिपोर्टअनुसार गर्भवती महिलाले प्रदूषित हावामा श्वास फेर्दा समय बच्चाले भन्दा अगाडि नै जन्म लिने देखिएको छ।
प्रदूषित हावाले बालबालिकाको स्नायु विकास, सज्ञानात्मक क्षमता वृद्धिमा नराम्रो असर पार्ने गरेको छ र गर्दा दम, क्यान्सर जस्ता रोग समेत लाग्ने गरेको छ। वायु प्रदूषणले हृदयरोग जस्ता भयानक रोग निम्त्याउने गरेको छ।
विश्व स्वास्थ्य संगठनका प्रबन्ध निर्देशक डा. टेड्रोस एडह्यानमका अनुसार प्रदूषित हावाले बालबालिकामा विषको काम गर्दैछ। उनी भन्छन् ‘सबै बालबालिकाले स्वच्छ हावामा सास फेर्न पाउनुपर्छ जसले गर्दा बालबालिकाको शरीर पूर्ण वृद्धि भर्इ उनीहरू आफ्नो शारीरिक क्षमता हासिल गरुन्।’
बालबालिकाको शरीर वृद्धि हुने बेलामा अरु भन्दा छिटो फेर्ने भएकोले बालबालिकालाई प्रदूषित हावाले अझ बढी नकारात्मक असर पार्छ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो