प्रदूषित वातावरणले समय नपुगी जन्मिन्छन् शिशु, मृत्युदर पनि भयावह
विश्वभर प्रत्येक दिन १५ वर्ष मुनिका ९३ प्रतिशत अर्रथात् एक अर्ब ८० करोड बालबालिका प्रदूषित हावामा सास फेर्छन्। यस्तो हावामा सास फेर्दा स्वास्थ्य र शारीरिक विकासमा नकारात्मक असर पर्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार २०१६ मा ६ लाख बालबालिकाहरूको मृत्यु ‘एक्युट लोअर रेस्पिरेटरी इन्फेक्सन’ले गर्दा भएको छ जसकाे मुख्य कारण वायु प्रदूषण थियो।
विश्व स्वास्थ्य संगठनले तयार पारेको नयाँ रिपोर्टअनुसार गर्भवती महिलाले प्रदूषित हावामा श्वास फेर्दा समय बच्चाले भन्दा अगाडि नै जन्म लिने देखिएको छ।
प्रदूषित हावाले बालबालिकाको स्नायु विकास, सज्ञानात्मक क्षमता वृद्धिमा नराम्रो असर पार्ने गरेको छ र गर्दा दम, क्यान्सर जस्ता रोग समेत लाग्ने गरेको छ। वायु प्रदूषणले हृदयरोग जस्ता भयानक रोग निम्त्याउने गरेको छ।
विश्व स्वास्थ्य संगठनका प्रबन्ध निर्देशक डा. टेड्रोस एडह्यानमका अनुसार प्रदूषित हावाले बालबालिकामा विषको काम गर्दैछ। उनी भन्छन् ‘सबै बालबालिकाले स्वच्छ हावामा सास फेर्न पाउनुपर्छ जसले गर्दा बालबालिकाको शरीर पूर्ण वृद्धि भर्इ उनीहरू आफ्नो शारीरिक क्षमता हासिल गरुन्।’
बालबालिकाको शरीर वृद्धि हुने बेलामा अरु भन्दा छिटो फेर्ने भएकोले बालबालिकालाई प्रदूषित हावाले अझ बढी नकारात्मक असर पार्छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’