Health TV Online
Health TV Online
Health TV Online

दिगो विकासको लक्ष्य हासिल गर्न लैगिंक समानता र मानव अधिकार अनिवार्य

दिगो विकासको लक्ष्य हासिल गर्न लैगिंक समानता र मानव अधिकार अनिवार्य

हेल्थ टिभी अनलाइन : लैगिंक समानता र मानवअधिकार बिना दिगो विकास लक्ष्य पूरा हुन नसक्ने सरोकारवालाहरुले बताएका छन् । उनीहरुले दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि लैंगिक समानता र मानव अधिकारको सुनिश्चितता नै एक मात्र मार्ग रहेको भन्दै यसमा सबैले ध्यान दिन आवश्यक रहेको औंल्याएका हुन् ।

She & Rights सेसनमा बोल्दै अधिकारकर्मीहरुले विश्वभर बढ्दो रूपमा देखा परेका ‘एण्टी राइट्स’ र ‘एण्टी जेंडर’ प्रवृत्तिहरूले यो यात्रा थप चुनौतीपूर्ण बनाइरहेको समेत जिकीर गरेका छन् । Director, CAISO: Sex & Gender Justice, Trinidad & Tobago डा एञ्जेलिक निक्सन भन्छिन, ‘राजनीतिक, परम्परावादी र धार्मिक शक्तिहरूले लैंगिक विषयलाई सामाजिक मूल्य विरुद्धको कुरा ठान्दै विरोध गर्दै आएका छन्, तर यो कुरा बुझ्न जरुरी छ । उनका अनुसार एजेण्डा युरोप  र ‘वर्ल्ड कांग्रेस अफ फ्यामिली’ जस्ता संगठनहरूले कयाैं देशहरूमा कार्यक्रम गरी गर्भनिरोध, समलैंगिक विवाह, गर्भपतनजस्ता विषयविरुद्ध दुष्प्रचार गरिरहेका छन्।

ट्रान्सजेन्डर अधिकारकर्मी अभिना आहेर भन्छिन्, ट्रान्सजेन्डरका विषय समुदायको बहसमा छुटाइएका छन्,” कोही पनि यो कुरा गर्न चाहँदैनन्। तर दिगाे विकास लक्ष्यमा कसैलाई पनि पछाडि नछोड्ने भनिएको छ । यति हुँदा पनि तर ट्रान्स समुदाय सामाजिक, लैंगिक र आर्थिक हिसाबले पछाडि पारिएका छन्, उनले भनिन्।

एचआइभी महामारी फेरि पनि बढ्ने खतरा 
कार्यक्रममा बोल्दै यूएनएडसका क्षेत्रीय निर्देशक इमान मर्फीले एचआईभी सम्बन्धी अन्तर्राष्ट्रिय लगानी कटौतीका कारण नयाँ संक्रमण र मृत्यु दर सन् २००० को दशकको अवस्थामा फर्कन सक्ने खतरा बढेको बताए । उनले एशिया प्यासिफिकका ९ देशमा एचआईभी संक्रमण दर बढिरहेको र फिजीमा २०१० देखि २०२४ सम्म नयाँ संक्रमण सबैभन्दा उच्च रहेको जनाए । अन्य प्रभावित देशमा फिलिपिन्स, अफगानिस्तान, भुटान, श्रीलंका, बंगलादेश, इन्डोनेसिया, माल्दिभ्स पनि अगाडी रहेको उनले जानकारी दिए ।

संयुक्त राष्ट्रसंघको हाइ लेभल पोलिटिकल फोरम HLPF 2025 मा स्वास्थ्यका लागि प्रमुख वक्ता तथा सीएनएसकी एक्जुकेटिभ डाइरेक्टर शोभा शुक्लाले भनिन्, ‘स्वास्थ्य अधिकार र लैंगिक समानता छुट्टै विषय होइनन भन्ने सबैले बुझ्न जरुरी छ । लैंगिक भेदभाव अन्त्य नगरी स्वास्थ्य अधिकार सुनिश्चित गर्नै सकिँदैन। उनका अनुसार महिला, किशोरी, अपांगता भएका व्यक्ति, यौन अल्पसंख्यक, आप्रवासी, यौन व्यवसायी, एचआईभी संक्रमित, सबैका लागि समावेशी, गुणस्तरीय स्वास्थ्य सेवा अनिवार्य छ। स्वास्थ्य र लैंगिक समानता सुनिश्चित नगरी कुनै पनि लक्ष्यमा पुग्न नसकिने शुक्लाकाे भनाई छ ।

उता दक्षिण अफ्रिकी अधिवक्ता लेथोगोनोलो मोकोराओनले भन्छिन् ‘अफ्रिकामा २०२४ मा मात्रै ८ लाख नयाँ एचआइभी संक्रमण देखिएको छ, जसमा ६३ प्रतिशत महिला र किशोरीहरू छन्। यो संख्याले एचआइभी ठूलो जनस्वास्थ्य संकटको रुपमा अहिले पनि रहेको छ र यो समस्या अझै बढ्ने संकेत देखिन्छ ।

उनीहरूका अनुसार लैंगिक हिंसा, कानुनी भेदभाव, र समलैंगिक सम्बन्धको अपराधीकरणले महिला, समुदाय र यौन व्यवसायीहरूलाई स्वास्थ्य सेवाबाट टाढा बनाइरहेको छ। यसैगरी दक्षिण अफ्रिकाकी अधिवक्ता प्याम न्त्शेकुला भन्छिन्, ‘यौन व्यवसायको पूर्ण अपराधिकरण अन्त्य आवश्यक छ। यसले स्वास्थ्य सेवा, न्याय र मर्यादित जीवनमा पहुँच दिलाउँछ।’

सी एण्ड राइट्स मिडिया इनिसियटिभको आयोजना CeHDI, FPNN, IPPF, WGNRR, ARROW, APCAT Media CNS ले संयुक्त रुपमा गरेका हुन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार