Health TV Online
Health TV Online
Health TV Online

केन्द्रीय आयुर्वेद चिकित्सालयमा चिकित्सक अभाव

केन्द्रीय आयुर्वेद चिकित्सालयमा चिकित्सक अभाव

काठमाडौं : विशेषज्ञ चिकित्सकहरूको अभावमा नरदेवीस्थित केन्द्रीय आयुर्वेद चिकित्सालय सहज उपचार सेवा दिन कठिनाइ भएको छ।

बहिरङ्ग (ओपीडी) मा मात्र दैनिक १५० जना बिरामी आउने सरकारको एक मात्र आयुर्वेद चिकित्सालयमा विशेषज्ञ चिकित्सकहरूको अभाव भएको अस्पतालले जानकारी दिएको छ ।

चिकित्सालयका नरदेवीका निर्देशक डा.श्यामबाबु यादवले केन्द्रीय चिकित्सालय पुरानै ढर्रामा चलिरहेको जानकारी दिए। विशेषज्ञ चिकित्सकको दरबन्दी भए थप उपचार गर्न सहज हुने उनकाे भनाइ छ।

वि.सं. १९७४ वैशाख शुक्ल तृतीयामा स्थापित आयुर्वेद अस्पताल हाल सय शय्यामा बिरामीहरूलाई उपचार दिइरहेको छ। चार शय्याबाट १०१ वर्षअघि शुरु भएको अस्पतालले २००८ सालमा आठ शय्या, २०१६ सालमा १६ शय्या, २०२९ सालमा २५ शय्या, २०३५ सालमा ५० शय्या र २०४५ सालमा १०० शय्या सञ्चालनमा ल्याएको छ।

अस्पतालमा हाल क्याबिनसहित ११८ शय्या क्षमतामा सञ्चालित छ। निर्देशक डा. यादवले आयुर्वेद चिकित्सा शिक्षाको क्षेत्रमा पहिलो संस्थाको रूपमा नरदेवी चिकित्सालयको स्थापना भएको जानकारी दिए।

उहाँले नेपालको मौलिक चिकित्सा पद्धतिको रूपमा रहेको आयुर्वेद चिकित्सा पद्धतिबाट सम्भव सबै रोगको उपचार नरदेवीबाट प्रदान गरिने जानकारी दिए। विशेषज्ञ सेवाको लागि सरकारबाट चासो नदिँदा समस्या भएको उनले बताए।

नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीले आयुर्वेद चिकित्साप्रति जनविश्वास बढिरहे पनि राज्यको प्राथमिकतामा पर्न नसकेको बताए। उहाँले छिमेकी मुलुक भारतमा समेत आयुर्वेदलाई विशेष प्राथमिकतामा राखेको भन्दै नेपालमा स्वास्थ्य मन्त्रालयबाट हेर्ने दृष्टिकोण नकारात्मक रहेको बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार