Health TV Online
Health TV Online
Health TV Online

शहिद धर्मभक्त प्रत्यारोपण केन्द्रमा एक महिनामै ३० जनाको मिर्गौला प्रत्यारोपण

शहिद धर्मभक्त प्रत्यारोपण केन्द्रमा एक महिनामै ३० जनाको मिर्गौला प्रत्यारोपण

हेल्थ टिभी अनलाइन : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक महिनामै ३० जना बिरामीको मिर्गौला प्रत्यारोपण भएको छ । केन्द्रले असार महिनामा मात्रै ३० जनाको सफल मिर्गौला प्रत्यारोपण गरिएको र यति ठूलो संख्यामा प्रत्यारोपण हुनु संसारमै बिरलै मानिने जनाएको छ । सिमित स्रोत साधन तथा भवनको अभावममा पनि केन्द्रमा उल्लेख्य संख्यामा प्रत्यारोपण भइरहेको केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

केन्द्रका अनुसार आर्थिक वर्ष २०८१\८२ मा मात्र केन्द्रले १८६ जनाको मिर्गौला र ८ जनाको कलेजो प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ। उक्त आर्थिक वर्षमा केन्द्रकै नेतृत्वमा प्रादेशिक अस्पताल सुर्खेतमा ३, पोखरामा ३ र भेरी अस्पतालमा २ जनाको मिर्गौला प्रत्यारोपण समेत भएको थियो । यसैगरी एक जना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट एउटा मिर्गौला र कलेजो एकै व्यक्तिमा पहिलोपटक सफलताका साथ प्रत्यारोपण समेत गरिएको थियो ।

केन्द्रमा मिर्गौला प्रत्यारोपण भएका बिरामीहरुको उमेर समूह १४ वर्ष देखि ७१ वर्षको सम्मको रहेको जनाइएको छ । जसमा १५५ जना झण्डै ८०प्रतिशत ग्रहणकर्ताहरुको उमेर समूह २० देखि ४९ वर्षको थिए।मिर्गौला ग्रहणकर्ता मध्ये १३६ जना पुरुष करीब ७३ प्रतिशत र ५० जना महिला करीब २७ प्रतिशत महिला छन भने अंगदाताहरुमा १३० जना महिला ७ प्रतिशत र ५५ जना पुरुष ३० प्रतिशत छन् जसबाट अंग प्रत्यारोपणमा लैङ्गिक भेदभाव सुधारोन्मुख देखिएता पनि अझै उत्कर्षमा रहेको सिद्द हुन्छ ।

देशको ७ वटा प्रदेशहरूबाट केन्द्रमा उपचार गर्न आएका विरामीहरुमध्ये बागमती प्रदेशबाट सबैभन्दा धेरै ३२ प्रतिशत, कोशी प्रदेशबाट २७ प्रतिशत, लुम्बिनी प्रदेशबाट ११ प्रतिशत, गण्डकी प्रदेशबाट १३ प्रतिशत, मधेश प्रदेश बाट १० प्रतिशत, सुदुर पश्चिम प्रदेशबाट २ प्रतिशत र कर्णाली प्रदेशबाट ५ प्रतिशत बिरामीहरू केन्द्रमा उपचारको लागि आएका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार