Health TV Online
Health TV Online
Health TV Online

काठमाडौं महानगरभित्र सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई ५ सय जरिवाना

काठमाडौं महानगरभित्र सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई ५ सय जरिवाना

हेल्थ टिभी अनलाइन : काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका सार्वजनिक स्थलहरुमा धुम्रपान निषेध गरेको भन्दै अटेरी गर्नेलाई जरिवाना तिराउने जनाएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नगर प्रहरी प्रमुख राजु पाण्डेले महानगरपालिकाको असार ३२ गते सम्पन्न भएको नगर सभाबाट चालु आर्थिक वर्ष २०८२\८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास गर्दै सो व्यवस्था गरिएको बताएका हुन् । उनले महानगरभित्रका सार्वजनिक स्थलहरु धुम्रपान निषेध गर्ने निर्णय गरेको भन्दै यसलाई लागु गर्न साउन महिनाभर प्रचारप्रसार गर्ने र भदौ १ गतेबाट जरिवानामा जाने जानकारी दिए ।

उनले सार्वजनिक स्थलहरुमा धुम्रपान गरिएको पाइएमा पहिलो पटक ५ सय रुपैयाँ जरिवाना र दोहोराएर सेवन गरेको पाइएमा उक्त जरिवाना दोब्बर हुने निर्णय  भएको पनि बताए । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन अनुसार सबै सार्वजनिक स्थलहरुमा धुम्रपान निषेध गरिएको छ । यद्यपी यो कानूनको अटेरी हुँदै आएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार