Health TV Online
Health TV Online
Health TV Online

सहमति कार्यान्वयन गर्न सरकारलाई चिकित्सक संघको ध्यानाकर्षण

सहमति कार्यान्वयन गर्न सरकारलाई चिकित्सक संघको ध्यानाकर्षण

हेल्थ टिभी अनलाइन : नेपाल चिकित्सक संघ र सरकारबीच उपभोक्ता संरक्षण ऐनको संशोधनका लागि भएको ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्नका लागि संघले सरकारको ध्यानाकर्षण गराएको छ।

संघले आज एक विज्ञप्ती जारी गर्दै २०८२ असार २४ गते उपभोक्ता संरक्षण ऐन लगायत विद्यमान कानुनी तथा नीतिगत व्यवस्थाको संशोधनका लागि भएको ३ बुँदे सहमति कार्यान्वयन गर्न ढिलाई भएको गुनासो गर्दै सरकारको ध्यानाकर्षण गराएको हो । विभिन्न सम्बन्धित सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरू सम्मिलित कार्यदलद्वारा कानुन संशोधनको विषयमा सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने भनी सहमतिमा उल्लेख गरिएको भएपनि हालसम्म पनि ठोस प्रतिफल नदेखिएको भन्दै संघले सरकारलाई ध्यानाकर्षण गराएको हो ।

संघका महासचिव डा संजिब तिवारीद्धारा जारी भएको विज्ञप्तिमा यसअघि भएका सहमति अविलम्ब कार्यान्वयन नभएमा थप आन्दोलनका कार्यक्रम ल्याइने उल्लेख छ । ७ दिनभित्र कानून संशोधनको विषयमा सुझाव सहितको प्रतिवेदन पेश गर्ने सहमति भए पनि खास ठोस प्रतिफल नदेखिएकोले सरकारले बनाएको कार्यदल पूर्ण रूपमा निश्कृय रहेको ठहर गर्दै संघले चासो देखाएको हो ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार