साउन महिना ‘डेंगी सचेतना महिना’ घोषणा
हेल्थ टिभी अनलाइन : सरकारले साउन महिनालाई डेंगी सचेतना महिनाको रुपमा घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले बुधबार एक कार्यक्रमकाबीच साउन महिना डेंगी सचेतना महिना राष्ट्रिय अभियान घोषणा गरेका हुन्।
सो अवसरमा बोल्दै मन्त्री पौडेलले डेंगी संक्रमण साउनदेखि सुरु भएर कार्तिकसम्म धेरै देखिने हुँदा यो बेला अझ बढी सचेत काम गर्नका लागि अभियान सुरु गरिएको बताए । उनले भने, ‘डेंगीबाट जोगिने एकमात्र उपाय भनेकै लामखुट्टेको टोकाइबाट बच्नु हो । त्यसका लागि लामखुट्टे आउन नदिन काम गर्नपर्ने बताए । उनले डेंगी भएपछि यसको कुनै विशेष उपचार नभएकाले यसबाट जोगिन सबैले आ आफनो स्तरबाट काम गर्नपर्नेमा जोड दिए । उनले भने, सचेतना नै ठूलो कुरा हो । यो अवधीमा निर्माणका काम नगर्ने, आफनो घर वरपर पानी जम्न नदिने तथा सातामा एपपटक सरसफाईमा ध्यान दिऔं । यसबाट लामखु्ट्टे नियन्त्रणमा ठूलो सहयोग पुग्छ ।’
स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटाले यो ४ महिना हरेक शुक्रबार सबै कार्यालयमा १० बजे १० मिनेट लामखुट्टे खोज र नस्ट गर अभियान सञ्चालन प्रभावकारी गर्नपर्नेमा जोड दिए । उनले यो अभियान पहिलेका वर्षहरुमा पनि भएको र यसलाई अझ बढी प्रभावकारी ढंगबाट व्यापक बनाउनपर्ने बताए ।
आ आफनो स्तरबाट जिम्मेवारी बहन गरेमा डेंगी रोगबाट बच्न सकिने पनि उनले जिकीर गरे ।
डेंगी एडिस नामक पाेथी लामखुट्टेको टोकाइबाट सर्छ । यो लामखु्ट्टे बिहान र बेलुका बढी सक्रिय हुन्छ । डेंगी संक्रमण हुँदा धेरैमा ज्वरो आउने जस्ता सामान्य लक्षण देखिए पनि केहीमा गम्भीर लक्षण देखिन सक्ने र मृत्यु समेत हुन सक्छ । मन्त्रालयका अनुसार चालू आर्थिक बर्षमा मात्रै नेपालमा ५० हजारभन्दा बढी डेंगी संक्रमित भएका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’