Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भरतपुरमा एक सय शैयाको मानसिक स्वास्थ्य केन्द्र बनाइने

भरतपुरमा एक सय शैयाको मानसिक स्वास्थ्य केन्द्र बनाइने

हेल्थ टिभी अनलाइन : चितवनको भरतपर अस्पताल र नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थबीच भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गर्ने सम्झौता भएको छ । सोमबार अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्ण पौडेल र नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थका कार्यकारी निर्देशक डा श्रीधर पौडेलले भरतपुर अस्पताल परिसरमा केन्द्र स्थापना गर्ने अवधारणा पत्रमा हस्ताक्षर गरे ।

सो अवधारणा पत्रअनुसार १ वर्षभित्रमा अस्पताल हातामा छुट्टै केन्द्र स्थापना हुने, २ देखि ३ वर्षभित्रमा १० देखि २५ शैयाको अन्तरंग सेवा सञ्चालन गर्ने र ५ वर्षमा १०० शैया क्षमतामा विकास गर्ने उल्लेख छ । सम्झौताअनुसार भरतपुर अस्पतालले भौतिक संरचना निर्माण गर्न जग्गा उपलब्ध गराउनुपर्ने र भवन निर्माणको २५ प्रतिशत लागत व्यवस्थापन गर्नुपर्नेछ । यसैगरी भौतिक संरचना निर्माणको प्रक्रियामा अनुगमन, सुपरिवेक्षण र मितव्ययी व्यवस्थापन गर्नुपर्ने, केन्द्र निर्मााणको लागि आवश्यक स्वीकृती तथा प्रशासनिक र नीतिगत प्रक्रियाका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्ने, प्रशासनिक पक्षको नेतृत्व पनि भरतपुर अस्पतालले गर्नुपर्ने उल्लेख छ ।

त्यसैगरी, नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थले संरचना निर्माणको कुल प्रारम्भिक लागतको ५० प्रतिशत बराबर आर्थिक स्रोत व्यवस्थापन गर्ने र थप २५ प्रतिशतका जुटाउन स्थानीय र राष्ट्रिय सरोकारवालासँग अगुवाइ गर्ने, केन्द्रको सेवा संचालनका लागि प्राविधिक सहयोग गर्ने, देशका अन्य भागहरुमा पनि मानसिक स्वास्थ्य सेवा विस्तार गर्न केन्द्रको निरन्तर स्तरवृद्धि र गुणस्तरीय सेवा सुनिश्चित गर्न विभिन्न निकायसँग पहल गर्नेलगायत सम्झौता पत्रमा छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार