मोतियाविन्दुका ४३ बिरामीको सफल शल्यक्रिया
स्याङ्जा : वालिङमा तीन दिने निःशुल्क आँखा परीक्षण शिविरमा मोतियाविन्दुका ४३ बिरामीको सफल शल्यक्रिया गरिएको छ।
आँखा उपचार केन्द्र वालिङ र प्राथमिक स्वास्थ्य केन्द्र वालिङको व्यवस्थापन तथा हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा शनिबार सम्पन्न शिविरमा ४५० आँखाका बिरामीले आँखा परीक्षण गराएका आँखा उपचार केन्द्र वालिङका प्रमुख तेजबहादुर गुरुङले जानकारी दिनुभयाे।
गत बिहीबारबाट शुरु भएको निःशुल्क शल्यक्रिया शिविरमा सर्जन डा. हरिमाया गुरुङको नेतृत्वमा रहेको सात आँखारोग विशेषज्ञले सेवा प्रदान गरेका थिए। शिविरमा बिरामीहरूलाई निःशुल्क औषधि तथा चश्मा वितरण गरिएको थियो।
शिविरमा स्याङ्जाका वालिङ, भीरकोट, गल्याङ, चापाकोट नगरपालिका र दक्षिण पर्वतका केही भेगका आँखाका बिरामी शिविरबाट लाभान्वित भएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण