स्वास्थ्यमन्त्री पौडेलको स्वास्थ्यमा सुधार
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताइएको छ ।
वीर अस्पतालले आज विज्ञप्ति जारी गर्दै स्वास्थ्यमन्त्री पौडेलको स्वास्थ्यमा सुधार आइरहेको जानकारी दिएको हो ।
शनिबार उच्च ज्वरोको कारण वीर अस्पताल भर्ना भएका मन्त्री पौडेलको उपचारमा अस्पतालका निर्देशक समेत रहेका कलेजो रोग विशेषज्ञ डा दिलीप शर्मा नेतृत्वको विशेषज्ञ चिकित्सकहरू संलग्न रहेको विज्ञप्तिमा उल्लेख छ । उनको थप परीक्षणहरु भइरहेकाले केही दिन अस्पताल नै रहने पनि बताइएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण