फिजियोथेरापी दरबन्दी नबढाएको विषयमा नेपाल फिजियोथेरापी संघको ध्यानाकर्षण
हेल्थ टिभी अनलाइन : नेपाल फिजियोथेरापी संघले हालै प्रकाशित स्वास्थ्य सेवा समूहको संघीय दरबन्दीमा फिजियोथेरापी सेवाका लागि दरबन्दी नबढाइएको विषयप्रति गम्भीर आपत्ति र असन्तुष्टि जनाएको छ ।
२०७५ असार ३ र ४ गते संघका पदाधिकारीहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निरन्तर दुई दिनको पहलमार्फत सम्बन्धित सचिव तथा अन्य उच्च पदस्थ अधिकारीहरूसँग भेटघाट गरी आफ्नो धारणा स्पष्ट रूपमा प्रस्तुत गरेका थिए। तर अहिले उक्त कुराको सम्बोधन नभएपछि ध्याकर्षण गराइएको हो । संघले उक्त अवसरमा फिजियोथेरापी सेवाको वर्तमान अवस्था, आवश्यक दरबन्दीको खाँचो, र सेवाको राष्ट्रिय महत्वका विषयहरूमा सरकारको ध्यानाकर्षण गराएको हो।
विज्ञप्तिमा भनिएको छ, नेपालमा फिजियोथेरापी सेवा एक अत्यावश्यक र आधारभूत स्वास्थ्य सेवा हो, जसको माग दिनानुदिन तीव्र रूपमा बढिरहेको छ। रोगको प्रकृति, जनसंख्या वृद्धिदर, दुर्घटनाका घटनाहरू तथा दीर्घकालीन रोगहरूको उपचारमा फिजियोथेरापीको भूमिका अत्यन्त महत्वपूर्ण बनिरहेको सन्दर्भमा, सरकारको तर्फबाट दरबन्दी यथावत राखिनु दुर्भाग्यपूर्ण निर्णय हो।
यता, देशभर माग बढिरहेको बेला दक्ष जनशक्ति, विशेषतः युवा फिजियोथेरापिस्टहरू वैदेशिक अवसर खोज्दै देश बाहिरिनु परेको स्थिति पनि चुनौतीपूर्ण छ। यस सन्दर्भमा, जनस्वास्थ्यमा प्रभावकारी पुनर्स्थापन सेवा सुनिश्चित गर्न सरकारी दरबन्दीको पुनरावलोकन र वृद्धि अनिवार्य रहेको संघको स्पष्ट धारणा छ।
नेपाल फिजियोथेरापी संघ विगतदेखि नै स्वास्थ्य नीतिमा फिजियोथेरापी सेवा संस्थागत रूपमा समावेश गर्न, नीति निर्माण प्रक्रियामा पेशागत सहभागिता सुनिश्चित गर्न र सेवा विस्तार तथा पहुँच वृद्धि गर्नका लागि सरकारसँग निरन्तर संवाद र समन्वय गर्दै आएको छ।
संघ देशभरका पंजीकृत तथा कार्यरत फिजियोथेरापिस्टहरूको छाता संस्था हो, जसले सेवा गुणस्तर, पेशागत सुरक्षा, र वैज्ञानिक मापदण्डमा आधारित अभ्यास प्रवर्द्धन गर्ने कार्यमा निरन्तर प्रतिबद्धताका साथ अग्रसरता लिएको छ।
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’