स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि औषधि उद्योगी तथा व्यवसायीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्।
आइतबार स्वास्थ्य मन्त्रालयमा उद्योगीहरुसँग छलफल गर्दै मन्त्री पौडेलले औषधिको मुल्य नीति सुझाव समितिको प्रतिवेदनको बारेमा फेरि पनि छलफल गर्न सकिने जनाएका हुन् ।
यसअघि औषधिको मुल्य नीति सुझाव समितिको प्रतिवेदनको विरोध गर्दै १२ वटा संस्था आन्दोलनमा उत्रिएका थिए । मन्त्री पौडेलले आन्दोलनरत पक्षका विषयहरुलाई थप छलफल र परामर्श गरी प्रतिवेदनलाई अन्तिम रुप दिने प्रतिबद्धता जनाएपछि आन्दोलनरत पक्षले विरोधका सबै कार्यक्रम स्थगित गरेका हुन् । उक्त प्रतिवेदनका विषयमा १५ दिनभित्र छलफल सुरू गर्ने जनाइएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण