Health TV Online
Health TV Online
Health TV Online

गलत ‘मेडिकल रिपोर्ट’ दिने दुई चिकित्सकविरुद्ध विशेष अदालतमा मुद्दा

गलत ‘मेडिकल रिपोर्ट’ दिने दुई चिकित्सकविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौं : धनुषाकी १२ वर्षीया बालिकाको बलात्कारीलाई जोगाउन गलत ‘मेडिकल रिपोर्ट’ दिने दुई चिकित्सकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

बलात्कार घटनामा पीडित बालिकाको स्वास्थ्य परीक्षणबारे गलत प्रतिवेदन दिने जनकपुर अञ्चल अस्पताल धनुषाका डा. विजयकुमार सिंह र डा.रम्भा गोइतविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो। अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार धनुषा जिल्लामा गत भदौ ४ मा १२ वर्षीया बालिका बलात्कार भएको घटनामा प्रहरीले अनुसन्धान क्रममा भदौ ९ मा जनकपुर अञ्चल अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण गराउँदा डा. सिंह र गोइतले बलात्कार नभएको प्रतिवेदन दिएका थिए।

प्रतिवेदनमाथि शंका गर्दै भदौ २४ मा जिल्ला अस्पताल सिरहामा स्वास्थ्य परीक्षण गराउँदा बलात्कार भएको पुष्टि भएको थियो। बलात्कारी जोगाउन दुई चिकित्सकले गलत प्रतिवेदन दिएको भन्दै अख्तियारमा पीडितको उजुरी परेको थियो। उजुरीमाथि अनुसन्धान गर्दा बलात्कारीलाई जोगाउन गलत प्रतिवेदन दिएको पाइएपछि अख्तियारले उनीहरुविरुद्ध कारवाही अघि बढाएको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार