किम्स अस्पतालले नेपाली स्वास्थ्य संस्थासँग सीप विकास र क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने
हेल्थ टिभी अनलाइन : भारतको एक प्रमुख कर्पोरेट स्वास्थ्य संस्था कृष्ण इन्स्टिच्युट अफ मेडिकल साइन्सेज लिमिटेड (The Krishna Institute of Medical Sciences Ltd.) ले नेपालको स्वास्थ्य संस्थाहरुसँग सहकार्य गर्दै स्वास्थ्य सेवा क्षेत्रमा सीप विकास र क्षमता अभिवृद्धि गर्ने उद्धेस्य राखेको छ । १८ वटा तृतीय स्तरीय अस्पतालहरुको संजाल, ५ हजार ५ सय भन्दा बढी शैया र पछिल्लो ५ वर्षमा १ करोडभन्दा बढी जीवनमा प्रत्यक्ष प्रभाव पारेको किम्स अस्पतालले आफनो विशेषज्ञता सीमाभन्दा पर पुराउने लक्ष्य राखेको हो । यो सहकार्यले चिकित्सा उत्कृष्टता, रोगी सुरक्षा र मानव स्रोत विकासको क्षेत्रलाई मजबुत पार्ने साझा प्रतिवद्धता दर्शाउँछ ।
सहकार्य के का लागि ?
यो सहकार्यसँगै नेपाली डाक्टर, नर्स तथा प्यारामेडिक्सले किम्स अस्पतालमा ट्रान्सप्लान्ट, कार्डियाक साइन्स, क्यान्सर, न्युरोसाइन्स र प्रजनन चिकित्सा लगायतका ३० विशेषज्ञ केन्द्रमा तालिम र फेलोसिपको अवसर पाउनेछन्। यसले एक अर्काको देशमा भइरहेको ज्ञान र नयाँ नयाँ प्रविधि सिक्न सहयोग पुग्नेछ । यसैगरी किम्सले आफ्नो टेलिमेडिसिन प्लेटफर्ममार्फत नेपाली चिकित्सकहरूलाई विशेषज्ञ सल्लाह र केस डिस्कसनमा सहयोग पुर्याउने जनाएको छ । यस सहकार्य अन्तर्गत जनचेतनामूलक अभियान र स्वास्थ्य परीक्षण कार्यक्रमहरू सञ्चालन गरी नेपालमा पूर्व रोग पहिचान प्रणालीलाई बलियो बनाइनेछ। अर्को महत्वपूर्ण कुरा नेपाली स्वास्थ्यकर्मीहरूले किम्स अस्पतालमा पुगेर प्रत्यक्ष अनुभव लिने, सर्जिकल प्रक्रिया, बिरामी हेरचाह र बहु विषयगत व्यवस्थापन सिक्ने अवसर पाउनेछन्।

४५ भन्दा बढी देशहरूका अन्तर्राष्ट्रिय बिरामीहरूलाई सेवा दिँदै आएको किम्स अस्पतालले नेपालमा पनि सेवा सहकार्य सुरु गर्ने इच्छा राखेको किम्स अस्पतालका म्यानेजिङ डाइरेक्टर तथा सिनिअर कन्सल्टेन्ट कार्डियोथोरासिक भास्कुलर सर्जन डा बी भास्कर रावले बताए । ‘शिक्षा, प्रविधि र करुणापूर्ण हेरचाहमार्फत स्वास्थ्य सेवामा समानता ल्याउने हाम्रो दृष्टिकोणलाई यो साझेदारीले अझ सशक्त बनाउनेछ उनले भने ।’

पछिल्लो एक वर्षमा मात्रै २,००० भन्दा बढी अन्तर्राष्ट्रिय बिरामीहरूले किम्समा गुणस्तरीय सेवा लिएका थिए ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’