Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सुरेश वाग्ले क्यान्सर सेन्टरमा १० शैयाको आकस्मिक कक्ष

सुरेश वाग्ले क्यान्सर सेन्टरमा १० शैयाको आकस्मिक कक्ष

हेल्थ टिभी अनलाइन : त्रिवि शिक्षण अस्पतालको सुरेश वाग्ले क्यान्सर सेन्टरमा १० शैयाको आकस्मिक कक्ष सञ्चालनमा ल्याइएको छ ।

शुक्रबार क्यान्सर बिरामीहरुका लागि बनाइएको उक्त (अंकोलोजी इमरजेन्सी) आकस्मिक कक्षको उद्घाटन चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्राडा मोहनराज शर्माले गरे । यो कक्ष बनेसँगै क्यान्सरका बिरामीले सिधै सुरेश वाग्ले क्यान्सर सेन्टरको भवनमा रहेको आकस्मिक कक्षबाटै सेवा लिन सक्ने र त्रिवि शिक्षण अस्पतालको मुख्य भवनमा भीड कम हुने अस्पतालका कार्यकारी निर्देशक प्राडा सुवासप्रसाद आचार्यले बताए ।

क्यान्सर सेन्टरमा क्यान्सर बिरामीकै लागि छुट्टै आकस्मिक कक्ष नहुँदा समस्या हुँदै आएकोमा अब भने बिरामीलाई सहज हुने उनले जिकीर गरे ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार