१८ देखि ३८ वर्षका महिलामा थाइराइडको समस्या बढी

हेल्थ टिभी अनलाइन : १८ वर्षदेखि ३८ वर्षका महिलामा थाइराइडको समस्या बढी देखिने गरेको बताइएको छ ।
शनिबार डाइबेटिज तथा इन्डोक्राइनोलोजी एशोसिएसन नेपाल (डीन) को आयाेजनामा गरिएको पत्रकार सम्मेलनका क्रममा विज्ञहरुले यस्तो बताएका हु्न ।
कार्यक्रममा बोल्दै डीनका कार्यकारी प्रमुख तथा इन्डोक्राइनोलोजिस्ट डा सन्तोष शाक्यले थाइराइडको समस्या महिलामा बढी देखिने र त्यो पनि १८ देखि ३८ वर्षका महिलामा बढी देखिने गरेको बताए । उनले भने, ‘हर्मोनका कारण महिलामा यो रोग बढी देखिन्छ । ८ जना महिलामा थाइराइड हुँदा एक जना मात्र पुरुषमा देखिन्छ यो समस्या ।’
यसैगरी कार्यक्रममा डीनका अध्यक्ष डा अमित शाक्यले थाइराइडको समस्यालाई लिएर धेरै नै भ्रमहरु रहेको जानकारी दिए । उनले थाइराइडमा काउली, बन्दा, गाजर जस्ता खानेकुरा खान हुन्न भन्ने व्यापक भ्रम रहेको भन्दै यो रोग खानासँग सम्बन्धित नरहेको प्रस्ट पारे र यसैगरी डीनका महासचिव डा भोजराज अधिकारीले थाइराइडलाई समयमै व्यवस्थापन गरेमा यो डराउन नपर्ने रोग भएको जिकीर गरे । यसलाई समयमै पहिचान गरेर नियन्त्रणमा राखेमा यसले केही बिगार नगर्ने समेत बताए ।
विश्वभर मे २५ मा विश्व थाइराइड दिवस मनाउने गरिन्छ ।
नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट एउटै व्यक्तिमा कलेजो र मिर्गौला प्रत्यारोपण
१८ देखि ३८ वर्षका महिलामा थाइराइडको समस्या बढी
नेपाल क्यान्सर अस्पतालको वाकाथन कार्यक्रम
नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको सदस्यमा निर्वाचित
जलवायु परिवर्तन र एएमआर सम्बन्धी भिडियो प्रतियोगिता