Health TV Online

सुर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्‍याएको भन्दै डब्लुएचओद्धारा नेपाल पुरस्कृत

सुर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्‍याएको भन्दै डब्लुएचओद्धारा नेपाल पुरस्कृत

हेल्थ टिभी अनलाइन : सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि उल्लेख्य काम गरेको भन्दै नेपाललाई विश्व स्वास्थ्य संगठनले पुरस्कृत गरेको छ।

विश्व स्वास्थ्य संगठनको ७८औं सभाका क्रममा जेनेभामा आयोजित कार्यक्रममा महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेएससले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई उक्त पुरस्कारबाट सम्मान गरेका हुन्।

स्वास्थ्यमन्त्री पौडेलले अवार्ड लिएपछि प्रतिक्रिया दिंदै सामाजिक संजालमा लेखेका छन्, ‘सुर्तीजन्य पदार्थ नियन्त्रणमा देशले पुर्याएको योगदानका लागि विश्व स्वास्थ्य संगठनबाट विशेष अवार्ड प्राप्त गरेका छौं । यो अवार्डले सारा नेपाली नै पुरस्कृत भएको महसुस भएको छ । क्यान्सरको उपचार विस्तार तथा सुधारसँगै निरोधात्मक उपायको खोजी गर्ने उद्देश्यका साथ सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका २०८१ स्वीकृत गरेर कार्यान्वयन प्रक्रिया अघि बढाएका छौं । अझ धेरै गर्न बाँकी छ, तर हामी प्रयत्नरत रहनेछौं ।’

सुर्तीजन्य पदार्थको प्याकेटमा सत प्रतिशत भाग घातक चित्र र चेतावनीमुलक सन्देशले छोप्नुपर्ने निर्देशिका बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई डब्लुएचओले अवार्ड प्रदान गरेको हो ।

डब्लुएचओले प्रत्येक वर्ष सुर्तीजन्य पदार्थ नियन्त्रणमा उत्कृष्ट योगदान पुरयाउने व्यक्ति तथा संस्थाहरुलाई यो पुरस्कार दिने गर्दछ । यो वर्ष उक्त पुरस्कार नेपालले पाएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा