अब स्वास्थ्य बीमाको नवीकरण अनलाइनबाटै गर्न सकिने
हेल्थ टिभी अनलाइन : अबदेखि स्वास्थ्य बीमाको नवीकरण पेमेन्ट अनलाइनबाटै गर्न सकिने भएको छ।
स्वास्थ्य बीमा बोर्डले हालै मात्र यस्तो व्यवस्था गरेको जनाएको छ । बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले नागरिक एपमार्फत लिंक गरेर अनलाइन नवीकरणको व्यवस्था गरिएको र अब मोबाइलबाटै सजिलै नवीकरण गर्न सकिने भएपछि सेवाग्राहीलाई सहजता हुने विश्वास लिएको जनाएका छन्।
अनलाइन नवीकरण विगतमा नै निर्णय भए पनि अभ्यासमा आएको थिएन। अब भने नागरिकले तत्काल यो सेवाबाट नवीकरण गर्न सक्ने भएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण