अन्तर्राष्ट्रिय मिडवाइफ दिवस मनाइयो

हेल्थ टिभी अनलाइन : आज मे ५ अर्थात अन्तराष्ट्रिय मिडवाइफ दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ । अन्तर्राष्ट्रिय मिडवाइफहरुको संघ International Confederation of Midwives ले सन् १९९२ देखि हरेक वर्षको मे ५ तारिखका दिन अन्तराष्ट्रिय मिडवाइफ दिवस मनाउँदै आइरहेको छ ।
मिडवाइफ्री सोसाइटी अफ नेपाल (मिडसन) ले पनि आफ्नो स्थापनाकाल विस २०६६, फाल्गुन देखि हरेक वर्ष विश्वभरका मिड्वाइफहरुसँग ऐक्यबद्धता जनाउँदै नेपालमा पनि यो दिवस मनाउँदै आइरहेको छ । यस वषको नारा ‘Midwives : Critical in Every Crisis’ मिडवाइभ्स : हरेक संकटमा आवश्यक भन्ने रहेको छ । दिवसको अवसरमा मिडसनले आज प्रभातफेरी कार्यक्रम गरेको छ ।
सन् २०२३ को विश्व स्वास्थ्य संघको प्रतिवेदन अनुसार हरेक दिन विश्वमा औषत आठ सय गर्भवती तथा सुत्केरी महिलाको मृत्यु रोकथाम गर्न सकिने कारणहरुले हुने गरेको देखिएको छ – प्रत्येक २ मिनेटमा एक जना आमाको मृत्यु भइरहेको छ । नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केन्द्रिय तथ्याङ्क विभागको संयुक्त पहलमा भएको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार प्रति लाख जिवित जन्ममा १५१ जना महिलाको मृत्यु भएको देखाएको छ । यो संख्या दिगो विकासको लक्ष्यअनुसार मातृ मृत्युदर सन् २०३० सम्ममा ७० भन्दा कम पुराउने लक्ष्यको दोब्बरभन्दा बढि छ ।
त्यसैले यो लक्ष्यलाई प्राप्त गर्नको निमित्त मिड्वाइफ जनशक्ति एउटा विशेष दक्ष जनशक्तिको रुपमा लिन सकिन्छ । यस वर्षको नाराले प्राकृतिक प्रकोप, सशस्त्र द्वन्द्व, महामारी, जलवायु परिवर्तन वा स्वास्थ्य प्रणालीको विफलता जस्ता सबै प्रकारका संकटहरूमा मिड्वाइफहरूले खेल्न सक्ने र जीवन बचाउने भूमिकालाई प्रकाश पार्छ । अस्थिरता र आपतकालिन अवस्थाहरूमा मिड्वाइफहरू नै प्रायः महिला, नवजात शिशु र परिवारहरूको लागि सबैभन्दा पहुँचयोग्य र बिस्वाशिलो दक्ष जनशक्ति हुन्छन्। स्वास्थ्य सेवामा गर्भवती, सुत्केरी तथा नवजात शिशुहरुलाई कम लागत, सम्मानजनक र समुदायमा आधारित निरन्तर हेरचार पु¥याउने जनशक्ति मिड्वाइफ हुन् । संकटकालीन अवस्थामा मिडवाइफहरु अदृश्य नायक हुन्, जसले आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षित राख्न आवश्यक सेवा र माया प्रदान गर्छन्।
नेपालमा सन् २०७३ बाट मिडवाइफ्री शिक्षा शुरु भइ हाल मात्र ६ वटा शिक्षण संस्थाहरु (काठमाण्डौ विश्वविद्यायल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिभुवन विश्व विद्यालय) बाट स्नातक तहको मिड्वाइफ्री शिक्षा सञ्चालन भइरहेको छ भने प्रविणता प्रमाणपत्र तहको मिड्वाइफ्री २ वटा शिक्षण संस्थाहरु जिरी प्राविधिक शिक्षालय र गौर पोलिटेक्निक इन्स्टिट्युटबाट सञ्चालन भइरहेको छ । यस बर्षदेखि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल नर्सिंग क्याम्पसमा मिडवाइफ्री फेल्लोशिप कार्यक्रम संचालनमा आईसकेको छ । हालसम्म ९१ जना मिडवाइफहरु नेपाल नर्सिङ्ग काउन्सिलमा दर्ता भइसकेका छन् । अझै पनि नेपाल सरकारले यी जनशक्तिलाई सामुदायिक स्तरमा नियुक्ति गर्न सकेको अवस्था छैन । प्रत्येक आपत र बिपतको अवस्थामा गर्भवती, सुत्केरी महिला, नवजात शिशुहरू नै जोखिम मा हुने भएकोले उक्त जोखिमपूर्ण अवस्थालाई न्यूनीकरण गर्न समुदायस्तरमा यो जनशक्तिलाई परिचालन गर्नु पर्दछ।
नेपालको संविधान २०७२ अनुसार हरेक महिलाले गुुणस्तरिय प्रजनन् स्वास्थ्य सेवा लगायत सम्मानजनक प्रसुती सेवा पाउने नैसर्गिक अधिकार हो । यसैलाई मध्यनजर गर्दै नेपाल सरकारले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५ ल्याएको छ ।
त्यसैले सम्मानजनक प्रसुती सेवाका साथ सुरक्षित मातृत्व सेवालाई थप प्रभावकारी बनाइ मातृ तथा नवजात शिशुको मृत्युदर अभैm घटाएर दिगो विकास लक्ष प्राप्त गर्न तथ्यमा आधारित मिडवाइफ्री शिक्षा तथा सेवा सम्बन्धि कार्यक्रममा लगानी गरी कार्यान्वन गर्नु अति जरुरी छ।
मिडवाइफ्री सेवा र जनशक्ति विकासका साथै उक्त जनशक्तिको उचित नितिगत व्यवस्थापन गरेर गुणस्तरिय सुरक्षित मातृत्व सेवामा सर्वव्यपी पहुँचको सुनिश्चितता गर्न नेपाल सरकार तथा यस क्षेत्रमा कार्यरत दातृ निकायहरुलाई स्रोत र साधन परिचालन र कार्यन्वनको लागि मिडवाइफ्री सोसाइटी अफ नेपालले अन्तराष्ट्रिय मिडवाइफ दिवसको अवसरमा आव्हन गरेको छ ।
डा सविना र डा शैलेशको नयाँ गित ‘चाहना बेग्लै छ’ सार्वजनिक
अन्तर्राष्ट्रिय मिडवाइफ दिवस मनाइयो
नेपाल विश्वविद्यालयको उपकुलपतिमा प्राडा अर्जुन कार्की नियुक्त
सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य
अब आफू बसेकै स्थानबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने