अब आफू बसेकै स्थानबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने
हेल्थ टिभी अनलाइन : अबदेखि स्वास्थ्य बीमा गर्नेले आफू बसेकै स्थानमा प्रथम सेवा बिन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन् । आफू रहेकै स्थानमा प्रस्थान विन्दु कायम गर्ने गरी स्वास्थ्य बीमा नियमावली संशोधन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको उनको सचिवालयले जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव बुधबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेपछि अबदेखि बीमितले यो सुविधा लिन पाउने भएका हुन् । यसअघि बीमितले तोकेको प्रथम सेवा विन्दुमा देखाएर आवश्यक परेमा मात्रै थप उपचारका लागि सूचीकृत अस्पतालमा सेवा लिन पाउँथे ।
याेसँगैअब बीमित जहाँबाट स्वास्थ्य बीमामा आवद्ध भए पनि बसेको ठाउँको नजिकको प्रथम सेवा विन्दुमा गएर बीमा सुविधा लिन सक्ने छन् । पहिले जस्तो तोकिएकै ठाउँमा जानु पर्ने अवस्थाको अन्त्य भएको छ ।
यसैगरी मन्त्रिपरिषदबाट पारित प्रस्तावअनुसार अब स्वास्थ्य बीमाको सेवा लिनका लागि तीन महिना पर्खनु पर्नेमा अब एक महिनाभित्रै सेवा लिन सकिने भएको छ । बिमितलाई यसले सेवा लिनका लागि थप सहजता प्रदान गर्ने स्वास्थ्य मन्त्री पौडेलले बताए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण