नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै

हेल्थ टिभी अनलाइन : सरकारले आगामी ३१ वैशाखका दिन देशभरका सबै स्वास्थ्य संस्थाबाट यस अघि १५ महिनाको उमेरसम्म दिइने नियमित खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई खोप दिने भएको छ ।
कोही पनि बालबालिका खोप लगाउनबाट नछुटुन भनेर यस्तो व्यवस्था गर्न लागिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको बाल तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए । बालबालिकाको मृत्युदर घटाउन खोप महत्वपूर्ण भएकाले १५ महिना सम्म दिइने नियमित खोप समयमै लगाउन र र केही कारणवस छुटेको छ भने ५ वर्ष भित्र सकेसम्म चाँडो छुटेको खोप लगाउन स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।
सरकारले वैशाख महिनालाई खोप विशेष महिनाका रुपमा मनाउँदै आएको छ ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा