Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै

नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै

हेल्थ टिभी अनलाइन : सरकारले आगामी ३१ वैशाखका दिन देशभरका सबै स्वास्थ्य संस्थाबाट यस अघि १५ महिनाको उमेरसम्म दिइने नियमित खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई खोप दिने भएको छ ।

कोही पनि बालबालिका खोप लगाउनबाट नछुटुन भनेर यस्तो व्यवस्था गर्न लागिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको बाल तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए । बालबालिकाको मृत्युदर घटाउन खोप महत्वपूर्ण भएकाले १५ महिना सम्म दिइने नियमित खोप समयमै लगाउन र र केही कारणवस छुटेको छ भने ५ वर्ष भित्र सकेसम्म चाँडो छुटेको खोप लगाउन स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

सरकारले वैशाख महिनालाई खोप विशेष महिनाका रुपमा मनाउँदै आएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार