आवासीय चिकित्सक पनि आन्दोलनमा
मन्त्रीले बोलाए वार्तामा
हेल्थ टिभी अनलाइन : निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । सरकारले निर्णय गरेको निर्वाह भत्ता आफूहरुले नपाएको भन्दै सोको माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनको नेतृत्व नेपाल चिकित्सक संघले गरेको छ । संघले बुधबार पत्रकार सम्मेलन गर्दै बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने जनाएको थियो । सो अनुसार आज चिकित्सकहरु माइतीघरमा जम्मा भएर स्वास्थ्य मन्त्रालय जाने क्रममा सुरक्षाकर्मीले रोकेका छन् ।सोही क्रममा चिकित्सक र सुरक्षाकर्मीबीच झडप समेत भएको छ। सुरक्षाकर्मीले उनीहरुलाई अघि बढ्नबाट रोक्ने प्रयास गरिरहेको छ।
यहीवीच स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले उनीहरुलाई वार्ताका लागि बोलाएका छन् ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण