चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
हेल्थ टिभी अनलाइन : निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरूको माग सम्बोधनलाई दबाव दिन नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम अघि सारेको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम अघि सारेको हो । काठमाडौंमा वैशाख ११ गते बिहान १० देखि १२ बजेसम्म स्वास्थ्य मन्त्रालय घेर्ने र काठमाडौं बाहिर जिल्ला प्रशासन कार्यालय घेराउन गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष डा अनिल विक्रम कार्कीले जानकारी दिए । उनले भने, ‘यो दवाव कार्यक्रमपछि २४ घण्टासम्म माग सम्बोधन नभए देशभर आकस्मिक बाहेकका स्वास्थ्य संस्था ठप्प पारेर आन्दोलनमा उत्रिन बाध्य हुनेछौं ।’
चिकित्सा शिक्षा आयोगको १६ औ पूर्ण बैठकले आवासीय चिकित्सकलाई ४८ हजार ७ सय ३७ रुपैयाँ भत्ता दिने निर्णय गरेको थियो। उक्त निर्णय मान्य नहुने भन्दै निजी मेडिकल कलेजले कार्यान्वयन गर्न आनाकानी गरिरहेका छन्। यही विषयलाई लिएर २८ दिनदेखि आवासीय चिकित्सकहरु आन्दोलनमा छन्।
संघले पटक पटक अल्टिमेटम दिंदा पनि सरकार चिकित्सकहरुको माग सम्बोधन गर्न उदासिन देखिनु दुखद भएको पनि संघले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण