Health TV Online
Health TV Online
Health TV Online

पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै

पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै

हेल्थ टिभी अनलाइन :  स्तन क्यान्सर भएर उपचारमा रहेकी पत्रकार ज्योति शाहको उपचारको लागि आर्थिक सहयोग आव्हान गरिएको छ । सो आव्हान पश्चात उपचार खर्च जुट्ने क्रम बढ्न थालेको छ ।

पत्रकारहरुको पेशागत हकहित र सुरक्षामा काम गर्दै आएको मिडिया एक्सन नेपालले क्यान्सर प्रभावित शाहको उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ । मिडिया एक्सन नेपालका संस्थापक तथा कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्तले भने, ‘स्तन क्यान्सरको खर्चिलो उपचार गराउँदै आउनु भएकी पत्रकार शाहका लागि हाम्रो सहयोग सानो हुन सक्छ, तर हामी मिडिया समुदाय र हाम्रा शुभचिन्तकहरुलाई उहाँको उपचारमा सक्दो सहयोग गर्न हार्दिक अनुरोध गर्दछौं।’

मेरो लगानी डटकममा कार्यरत ३४ वर्षीया पत्रकार शाहलाई चौथौं स्टेजको स्तन क्यान्सर प्रभाणित भएको र अहिले भारतको टाटा मेडिकल सेन्टर, कलकत्तामा उपचार गराइरहेको उनका श्रीमान पत्रकार नविन ढुंगानाले बताएका छन् ।शाहको दायाँ स्तनबाट सुरु भएको क्यान्सर काखी हुँदै कलेजोसम्म फैलिएको मेडिकल रिपोर्ट आएको पनि उनले जानकारी दिए । शाहको उपचार सुरु भइसकेको छ । पहिलो चरणमा किमो र टार्गेटेड थेरापी दिन सुरु गरिएको छ भने सर्जरीको विषयमा पहिलो चरणको उपचारबाट कस्तो रिपोर्ट आउँछ त्यसपछि मात्र निर्णय गर्ने भनेर चिकित्सकहरुले जानकारी दिएको ज्योतिले बताइन् ।

ज्योतिलाई सहयोग गर्न चाहनेले नेपालबाहिर भए गो फन्डमा गएर र नेपालमा भएकाले उनकै लक्ष्मी सनराइज बैंकमा रहेको खाता नम्बर ००९२३०६३०५२ मार्फत आर्थिक सहयोग गर्न सकिनेछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

छुटेका बालबालिकालाई खोप लगाइँदै

छुटेका बालबालिकालाई खोप लगाइँदै