नेपाली औषधिको बजार बिस्तार हुँदै, पाँच उद्योगको कारोबार २ सय ५० करोड भन्दा माथि

हेल्थ टिभी अनलाइन : नेपाली औषधि उत्पादक कम्पनीले उत्पादन गरेका औषधिको बजार र सोको बिक्रीमा वृद्धि भएको छ। नेपाल औषधि उत्पादक संघ (एपोन) का अनुसार नेपाली उत्पादकका औषधि अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले बढी बिक्री वितरण भएको छ।
शुक्रबार नेपाल औषधि उत्पादक संघका तर्फबाट पूर्व अध्यक्ष तथा उधोग बाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल उक्त सेल्स डाटा श्रेष्ठले सार्वजनिक गरे । एपोनका उपाध्यक्ष सन्तोष बराल, कोषाध्यक्ष पृथ्वी राजभण्डारी लगायत कार्यसमिति सदस्य , एपोन मार्केटिङ सर्कलका पदाधिकारी र एपोनका वरिष्ठ सल्लाहकार तथा औषधि ब्यबस्था बिभागका पुर्ब महानिर्देशक राधारमण प्रसादको उपस्थितिमा नेपाली औषधि उद्योगको सेल्सडाटा सार्बजनिक गरिएको हो।
२०८०\८१ मा नेपाली उद्योगहरुले अघिल्लो आब भन्दा २० प्रतिशत को ग्रोथ गरेको देखिएको छ । जसमा नयाँ उद्योगको सहभागिता राम्रो देखिन्छ । नयाँ उद्योगहरुको सेल्सग्रोथ १७ प्रतिशत भन्दा माथी र पुराना उधोगको सेल्सग्रोथ ९ प्रतिशत को हाराहारीमा भएको देखिन्छ । एपोनका ७६ मेम्बर उधोग मध्यबाट बजारमा बजारीकरण गरिरहेका ६७ औसधि उद्योगको सेल्स हो ।
आर्थिक बर्ष २०७९\८० मा २९ दशमलब ३६ अर्ब को सेल्स गरेकोमा यो आर्थिक बर्ष २०८०\८१ मा ३५ दशमलब २ अर्ब को सेल्स गर्न सकेको छ्न जसको अनुपात १९ दशमलब ८९प्रतिशत को ग्रोथ देखिन्छ । नेपाली औषधि उधोगहरुमा सेल्स गर्दा को ग्याप पनि ठुलो देखिन्छ । सबैभन्दा कम ६ करोड देखि धेरैमामा ३५० करोड सम्मको सेल्स गर्न सकेका छ्न । जसमा मुख्यतया ६ उधोगले १०० करोड भन्दा धेरै सेल्स गरेका छन् तथा २५० करोड भन्दा धेरै सेल्स गर्ने उधोग ५ मात्रै रहेको छ।
१५ करोड भन्दा कम सेल्स गर्ने उधोगको संख्या लगभग भएको उधोग मध्येमा ७० प्रतिशत छ्न अर्थात ४५ औषधि उधोग छ्न । यसैगरी ५० करोड सेल्स भन्दा धेरै गर्ने उद्योगहरु ५ मात्रै रहेको तथ्यांकले देखाएको छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights