Health TV Online
Health TV Online
Health TV Online

परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याब सञ्चालनमा

परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याब सञ्चालनमा

हेल्थ टिभी अनलाइन : परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले सिमुलेसन ल्याब सञ्चालनमा ल्याएको छ। अस्पतालको कुपण्डोलस्थित भवनमा निर्माण सम्पन्न भएको ल्याबको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सोमबार उद्घाटन गरेका हुन् ।

उक्त ल्याब युएसएड मार्फत् अमेरिकी च्यारिटी वन हार्ट वर्ल्डवाइड संस्थाको संयुक्त लगानीमा निर्माण गरिएको हो। यस ल्याबले देशैभरका मातृ शिशु उपचारमा संलग्न जनशक्तिलाई केन्द्रीयस्तरको तालिम प्रदान गर्न सहजता मिलेको अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले बताए। ल्याब उद्घाटन गर्दै मन्त्री पौडेलले आमा र नवजातको ज्यान सुरक्षित बनाउन क्षमतावान जनशक्ति उत्पादनमा ल्याबले महत्वपूर्ण योगदान खेल्ने विश्वास व्यक्त गरेको बताए । उनले यस खालको सेवा विस्तारै प्रदेशमा पनि विस्तार गर्ने जनाए । यसैगरी अस्पतालमा बर्थिंग सेन्टरको पनि स्तरोन्नति गरिएको छ । विस्तारित बर्थिङ युनिटको समेत मन्त्री पौडेलले उद्घाटन गरे ।

अस्पतालमा यसअघि एक पटकमा दक्ष प्रसुतिकर्मी मिडवाईफ द्वारा ८ जनाको प्रसुति गराउन सक्ने क्षमता रहेकोमा अब थप ४ गरि १२ जना लाई प्रसुति गराउन सक्ने गरी सेवा विस्तार गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

छुटेका बालबालिकालाई खोप लगाइँदै

छुटेका बालबालिकालाई खोप लगाइँदै