Health TV Online
Health TV Online
Health TV Online

वैज्ञानिक खोज र अनुसन्धानमा लगानी बढाइनुपर्छ : शिक्षामन्त्री भट्टराई

वैज्ञानिक खोज र अनुसन्धानमा लगानी बढाइनुपर्छ : शिक्षामन्त्री भट्टराई

हेल्थ टिभी अनलाइन : शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले वैज्ञानिक खोज र अनुसन्धानमा सरकारले लगानी गर्नुपर्ने बेला आएको बताएकी छिन्।

बिहिबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको ११ औं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले अनुसन्धान र खोजबाट नै नीति तथा कार्यक्रम बन्ने हुँदा यसमा लगानी बढाउन आवश्यक रहेको बताएकी हुन् । उनले स्वास्थ्यको विषय झनै सबै क्षेत्रसँग र प्रत्यक्ष आमनागरिकसँग जोडिने हुँदा यसमा गरिने हरेक अध्ययन, खोज वैज्ञानिक र तथ्यमा आधारित हुनुपर्ने र त्यसले अन्तत स्वास्थ्यका दिगो विकास लक्ष्य प्राप्त गर्न सहयोग पुराउने बताइन ।

उनले भनिन, ‘तथ्य र प्रमाणमा आधारित अनुसन्धानले सही नीति बनाउन मद्धत गर्छ र सही नीतिले नै दीगो विकास सम्भव हुने हो ।’ उनले परिषद्ले स्वास्थ्य अनुसन्धानका क्षेत्रमा निकै राम्रो काम गरिरहेको जिकीर गर्दै अझै देशलाई आवश्यक पर्ने अनुसन्धानमा ध्यान दिन पनि सुझाव दिइन । उनले परिषद्ले आयोजना गर्दै आएको स्वास्थ्य वैज्ञानिकहरुको सम्मेलनले नयाँ नयाँ खोज र अनुसन्धानका लागि बाटो देखाउने मात्र नभएर यसले स्वास्थ्यका नीति बनाउन पनि सहयोग गरिरहेको बताइन् । कार्यक्रममा विभिन्न वक्ताहरुले स्वास्थ्य अनुसन्धान र सम्मेलनका बारेमा आ आफनो धारणा राखेका थिए ।

परिषदले हरेक वर्ष यस खालको सम्मेलन गर्दै आएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार